छात्रालाई विद्यालय जान पाउने व्यवस्था गर्न माग गर्दै काबुलमा विरोध प्रर्दशन गरिएको छ। काबुलमा तालिबान सरकारको विरोध गर्दै छात्राहरुलाई विद्यालय जान पाउनुपर्ने माग गरिएको हो।
युरोपेली संघले पनि महिलालाई विद्यालय जान दिने तालिबान सरकारको यसअघिको निर्णय तत्काल कार्यान्वयन गर्न माग पनि संघले गरेको छ। तालिबान सरकारले यही मार्च २३ देखि छात्रालाई पनि विद्यालय जान दिने निर्णय गरेकोमा निर्णय कार्यान्वयन हुनु केही घण्टा अगाडि निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेको थियो।
छात्रालाई विद्यालय जान दिने तालिवान सरकारको निर्णयबाट खुशी भएकाहरू अहिले निराश भएका छन्। उनीहरूले निर्णय कार्यान्वयन गर्न माग गर्दै विद्यालय जान पाउनु महिलाको आधारभूत अधिकार भएकाले मानवअधिकार नखोस्न आग्रह गरेका छन्।