अभिनेता पूर्णविक्रम शाह उर्फ पल शाहविरुद्ध जबरजस्ती करणी गरेको भन्दै किटानी जाहेरी परेपछि शाहले आज सामाजिक सञ्जाल मार्फत छ वटा अडियो क्लिक सार्वजनिक गरे ।
अडियो सार्वजनिक गर्दै नायकले आफूलाई गायक दुर्गेश थापा लगायतकाले षडयन्त्रपूर्वक फसाउन खोजेको बताएका छन् । तर अभिनेता पल शाहबाट पीडित बनेका नाबालिगलाई आफूहरूले मद्दत गर्ने प्रयास मात्र गरेको उनले स्पष्ट पारेका छन् ।
एक अनलाइनसँग कुरा गर्दै थापाले भनेका छन्, ‘गल्ती गर्ने ऊ, दोष चाहिँ हामीमाथि । एकजना नाबालिग ऊबाट पीडित भएकी छन् । ती नाबालिगलाई न्याय दिलाउन हामीले सहयोग गरेका हौँ । ती नाबालिगले न्याय पाउनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ । यसबारे हामी विस्तृतमा पत्रकार सम्मेलन गरेर जानकारी दिनेछौँ ।’
नाबालिगमाथि यौन शोषण गरेको जाहेरी परेपछि पल शाहलाई यतिबेला प्रहरीले खोजी गरिरहेको छ ।
शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको उजुरी परेको छ ।
प्रहरी कार्यालयमा किटानी जाहेरी नै परेपछी कानुनी रुपमा अगाडि बढ्नुपर्नेमा दर्शकलाई भगवानको शंज्ञा दिदै नायकले आफूमाथिको सहानुभूति बटुल्न केही अडियो क्लिपहरू सार्वजनिक गरेका छन् । ममाथि भैरहेको प्रमाण सार्वजनिक गर्न गइरहेको छु भन्दै सामाजिक सञ्जालमा प्रमाण सार्वजनिक गरेर पल शाहले बालापन देखाएका छन् ।
उनले सार्वजनिक भएको भिडिओमा गायिकालाई दुर्गेश थापा, सरोज ओली लगायतका मानिसहरूले यो लेख्नु यसो गर्नु भन्दै सिकाएको सुन्न सकिन्छ ।
उनीहरूले मलाई पेट दुख्न थाल्यो महिनाबारी पनि भएन भन्दै पललाई म्यासेज लेख्न सिकाएको उक्त अडियोमा सुन्न सकिन्छ । अडियोमा केही युवाहरूको आवाज सुन्न सकिन्छ ।