अभिनेता पूर्णविक्रम शाह उर्फ पल शाहविरुद्ध जबरजस्ती करणी गरेको आरोपमा बुधबार तनहुँमा जाहेरी परेपछि प्रहरीले उनलाई खोजिरहेको छ ।
प्रहरीले मोबाइल स्वीच्ड अफ गरेर फरार भएको भन्दै खोजी जारी राखेको बेला नायक पल शाहले आज बिहान लामो स्टयाट्स लेखेका छन् ।
पाँचवटा अडियो क्लिपको लिंक शेयर गर्दै अभिनेताले चारजनाले गायिकालाई प्रयोग गरेर नियोजित ढंगले षडयन्त्र गरेको भन्दै उनीहरूको नाम सार्वजनिक गरेका छन् । पलले सार्वजनिक गरेका नाममा सबै यी क्षेत्रका हुन् ।
उनले दुर्गेश थापा सरोज ओली कृष्ण जोशी र सम्राट चौलागाईको नाम सार्वजनिक गर्दै उनीहरूकै षडयन्त्रमा आफूमाथि प्रहार भएको बताएका छन् ।
प्रहरी कार्यालयमा किटानी जाहेरी नै परेपछी कानुनी रुपमा अगाडि बढ्नुपर्नेमा दर्शकलाई भगवानको शंज्ञा दिदै नायकले आफूमाथिको सहानुभूति बटुल्न केही अडियो क्लिपहरू सार्वजनिक गरेका छन् ।
ममाथि भैरहेको प्रमाण सार्वजनिक गर्न गइरहेको छु भन्दै सामाजिक सञ्जालमा प्रमाण सार्वजनिक गरेर पल शाहले बालापन देखाएका छन् ।
उनले सार्वजनिक भएको भिडिओमा गायिकालाई दुर्गेश थापा, सरोज ओली लगायतका मानिसहरूले यो लेख्नु यसो गर्नु भन्दै सिकाएको सुन्न सकिन्छ ।
उनीहरूले मलाई पेट दुख्न थाल्यो महिनाबारी पनि भएन भन्दै पललाई म्यासेज लेख्न सिकाएको उक्त अडियोमा सुन्न सकिन्छ । अडियोमा केही युवाहरूको आवाज सुन्न सकिन्छ ।