एमाले अध्यक्ष केपी शर्मा ओली आजबाट ७१औं वर्षमा प्रवेश गरेका छन् । दुई कार्यकाल नेपालको प्रधानमन्त्री बनेर सत्ता सम्हालेका ओली आजबाट ७० वर्ष पूरा भएका हुन् ।
अनेकौँ हण्डरलाई पनि सरल रुपमा सामना गर्ने ओलीको जीवनमा स्वास्थ्य त्यति अनुकुल नभएपनि सक्रीय राजनीतिमा निरन्तर लागी परिरहने नेताका रुपमा परिचित छन् ।
केपी ओली बिस २०११ सालमा तेह्रथुम जिल्लाको आठराई तत्कालीन इवा गा.बि.स. सिम्लेमा जन्मिएका थिए । तर पछि उनको परिवार झापा बसाइ सरेको थियो । उनको आमा केपी सानै छँदा बितेकी थिइन् । उनलाई बुबा मोहनप्रसद ओलीले हुर्काएका थिए ।
दुई पटकसम्म किड्नी प्रत्यारोपण गरेका ओलीले नेपाली राजनीतिमा हक्की र अडिक स्वभावका नेताको छवी बनाएका छन् । ठट्यौली र उखान टुक्काले बिपक्षीकालाई कटाक्ष गर्ने उनको अभिव्यक्ति र भाषणको प्रभावले गैर एमाले कार्यकर्ताहरुले पनि उनलाई मन पराउने गर्दछन् ।