आज सफल नायक पल शाहको जन्मदिन । उनलाई जन्मदिनको अवसरमा सामाजिक संजालको माध्यमबाट सुभकामन दिनेहरुको ओईरो लागेको छ ।
फेब्रुअरी २२ १९८९ मा दाङमा जन्मिएका शाह आज बाट ३२ वर्षमा प्रवेश भएका छन् । उनको रियल नाम पुर्ण बिक्रम शाह हो ।
नेपाली सिने उधोगमा नाई नभन्नु ल ४ बाट डेब्यु गरेका शाह यस क्षेत्रमा २०१२ देखी हालसम्म निरन्तर कार्यरत छन् । उनका बुवा स्थानीय राजनीतिज्ञ हुन भने आमाले पसल चलाउथिन ।
उनको बाल्यकाल दाङ मै बितेको हो । स्थानीय गंगा उच्च माविमा स्कूले जीवन बिताएका उनी उच्च शिक्षा र अबसरको खोजिमा काठमाडौँ आएका हुन् ।
त्यसपछि सुरु भएको हो उनको अभिनय यात्रा । तिम्रो यादमा रुन्छु अचेल बोलको गीतमा अभिनय गरेपछि सुरु भएको उनको अभिनय यात्रा एकपछि अर्को अबसर सँगै सफल बन्दै गयो । उनले अहिले २ सय बढी म्युजिक भिडियोमा अभिनय गरेका छन् । उनी अभिनित धेरैजसो गीत चर्चित छन् ।
यस्तै उनको फिल्मी यात्रा भने सन् २०१६ मा नाइ नभन्नु ल को सेक्वयलमा बनेको नाइ नभन्नु ल ४ बाट सुरु भएको हो ।
यो चलचित्र बक्स अफिसमा निकै सफल पनि भयो । यही चलचित्रबाट उनले बेष्ट डेब्यु आर्टिष्टको अवार्ड समेत प्राप्त गरे । तर उनी नायकका रुपमा भन्दा पनि मोडलका रुपमा दर्शकमाझ निकै परिचित छन् । बिभिन्न समयमा उनका प्रेम सम्बन्धका विषयलाई मिडियाहरुमा गसिप चलिरहन्छ ।
उनको केही मोडल तथा नायिकाहरुबीच पनि अफएयर चलिरहेको बताइन्छ । उनको ब्यक्तित्व र सुन्दरताका कारण नेपाली फिल्मी जगतमा छोटो समयमा नै लोकप्रियता कमाएका छन् ।
पछिल्लो समय कोरोनाका कारण अस्तब्यस्त बनेको संगीत उधोगलाई चलायमान बनाउन उनको निकै ठूलो योगदान छ भन्दा फरक नपर्ला । त्यसैले पनि म्युजिक भिडियो निर्माता तथा निर्देशक उनलाई आफ्नो भिडियोमा लिनलाई लालायित देखिन्छन् ।