घटना १ : आइतबार दाङ जिल्लाको तुलसीपुर उपमहानगर पालिका-१८ ग्वारखोला खैरेनी टोलका ३५ वर्षका गोपाल बिकले आफू शिवको भक्त हुँ भन्दै त्रिशूलले प्रहार गरेर एक महिलामाथि जबरजस्ती करणी गरे । उनको त्यो अन्धविश्वासले ती महिलालाई मात्र हैन, उनको १४ वर्षीया भान्जीलाई समेत करणी गरे । अहिले प्रहरीले आरोपित बिकलाई पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।
घटना २ : २०७८ कात्तिक २९ सोमबार उपचारको निहुँमा नाबालिकालाई बलात्कार गर्ने एक व्यक्ति पक्राउ परे । विगत एक वर्षदेखि छारेरोगको उपचार गराइरहेकी नाबालिकालाई २०७८ कात्तिक २३ गतेको बिहान १० बजेको समयमा आफ्नै घरमा करणी गरिरहेको अवस्थामा उपचारमा आएको अर्को व्यक्तिले देखेपछि घटना सार्वजनिक भएको थियो ।
घटना ३ : उदयपुरको त्रियुगा नगरपालिका-१० निवासी एक झाँक्री बलात्कारको आरोपमा पक्राउ परे । उनले माता उतार्ने र झारफुक गर्ने नाममा महिलालाई पटक-पटक यौन दुर्व्यवहार गरेका थिए । प्रहरीसमक्ष ती धामीले मानिसलाई कपडा खोल्न लगाएर उपचार गर्न गुरुले सिकाएकाले त्यसै गर्ने गरेको बयान दिएका थिए ।
घटना ४ : बर्दिया जिल्लाको बार बर्दिया नगरपालिका–१० बैदीका ७१ वर्षीय सुब्बा थरका वृद्धले क्यान्सर रोगबाट पीडित ४३ वर्षीया महिलालाई निको पारिदिन्छु भन्दै घरमै आएर पटकपटक बलात्कार गरे । पीडित महिलाका अनुसार गुरुबाले (धामी झाँक्री) राति फोन गरेर यौन सम्बन्ध राख्न दिए झारफुक गरी निको गराइदिने भन्दै पटक-पटक बलात्कार गर्ने गरेका थिए ।
घटना ५ : सल्यान जिल्लाको शारदा नगरपालिका ८ सिमखर्कका ३८ वर्षीय वली थरका पुरुषले ४० वर्षीया भाउजू नाता पर्नेलाई झारफुक गरिदिन्छु भन्दै बलात्कार गरेका थिए ।
घटना ६ : ललितपुरमा बिरामी निको पार्छु भन्दै युवती बलात्कार गर्ने चर्चका पाष्टर पक्राउ परेका थिए । पाष्टरले आफूसँग यौन सम्पर्क राखे रोग निको हुने आश्वासन देखाएर ती महिलालाई जबरजस्ती करणी गरेका थिए । महिलाले सम्बन्धबारे कसैसँग भने परमेश्वरले दिएको शक्ति नष्ट हुने भन्दै चर्चका पाष्टरले धम्की दिएको भन्दै पछिल्लो पटक चापागाउँको एक गेस्ट हाउसमा बोलाएर उनले जबरजस्ती करणी गरेको पीडितले बताएकी थिइन् ।
यी अन्धविश्वासका कारण भएका बलात्कारका उदाहरणहरू हुन् । नेपालमा यस्ता अन्धविश्वासको घटनाहरू धेरै नै हुने गरेका छन् । यस्तो अन्धविश्वासले हाम्रो देश तथा समाज कतातर्फ धकेलिदैँ छ ?
हाम्रो समाजमा आज पनि अन्धविश्वासहरूले धेरैको ज्यान गएको उदाहरणहरू हामीमाझ छन् । जसलाई रोक्न अपरिहार्य भइसकेको छ तर चालिएका कदमहरू सबै बालुवामा पानी खन्याएसरह नै भएका छन् ।
समाजमा यस्तो घटना हुनु सामाजिक चेतनाको अभाव हो । यस्तो घटनाले हाम्रो समाजको बाहिर आधुनिक हावाले छोए पनि भित्र त्यस्तो हावाले स्पर्श गर्न नसकेको प्रमाण हो ।
बिरामीको उपचार गरिदिन्छु भन्दै जबरजस्ती करणीका घटनाहरू बेलाबेलामा बाहिरिने गरिरहन्छन् । कतिपय कुरा बाहिर आउँछन् भने केही घटनाहरू समाज, छिमेकी, पीडित र पीडकबिचमा नै मिलाइन्छ र त्यसै सेलाएर जान्छ । घटनाको प्रतिवाद गर्ने समाजमा कोही पनि अग्रसर हुन पाउँदैनन् । समसामयिक रूपमा समाजमा आफन्तमा नै मिलेमतो गर्ने गरिन्छ । असले गर्दा झन्–झन् आपराधिक गतिविधि सिर्जना हुन्छ । त्यसैले यस्ता अन्धविश्वासको अन्त्य गर्नु जरुरी छ ।
वास्तवमा के हो त अन्धविश्वास ? यो कसरी फैलिन पुग्छ ? अनि समाजमा नकारात्मक विषयले कसरी प्रोत्साहन पाउँछ ? विश्वास र अन्धविश्वासका घटना अहिलेको एक्काइसौँ शताब्दीमा पनि विभिन्न ठाउँमा फरक–फरक रूपमा देखिरहेको छ ।
अझ पनि हाम्रो समाजमा यी र यस्ता अन्धविश्वास तथा कुरीतिहरूलाई मान्ने प्रवृत्ति छ । यस्तो प्रवृत्ति सहरमा भन्दा गाउँघरतिर बढी मात्रामा परम्परागत रूपमा लिएको पाइएको छ । अशिक्षा, चेतनाको कमि सँगसँगै पुरानो संस्कृतिको निरन्तरताको विषय र धारणाले गर्दा पनि यस्ता घटनाहरूले निरन्तरता पाइरहेका छन् । यस्ता अविश्वास, कुरीति र अन्धविश्वासलाई मेट्न जनचेतना जगाउने कार्यहरू गर्न ढिलो भइसकेको छ ।
नेपाल प्रहरी मुख्यालयको तथ्याङ्कले पनि नेपालमा पछिल्ला वर्षहरूमा बलात्कारजस्ता जघन्य अपराधहरू बढ्दै गएको देखाउँछ । विगत चार आर्थिक वर्षको तथ्याङ्क विश्लेषण गर्ने हो भने यो अवधिमा ११ देखि १६ वर्ष उमेर समूहका तीन हजार तीन सय दुई जना बालिकाहरूमाथि जबरजस्ती करणी भएको छ ।
आर्थिक वर्ष २०७४–७५ मा एक हजार चार सय ८० घटना प्रहरीको दर्ता भएकोमा ०७५–७६ मा बढेर दुई हजार दुई सय ३० पुगेका छन् । २०७६–७७ मा अघिल्लो वर्षको तुलनामा अलिक कम अर्थात् दुई हजार एक सय ४५ घटना दर्ता भएकोमा पछिल्लो आवमा भने उक्त सङ्ख्या बढेर दुई हजार पाँच सय ३२ पुगेको छ ।
प्रहरीको तथ्याङ्क भन्छ : ‘नेपालमा दैनिक ६ जना बलात्कृत हुन्छन्’
–मोरङको सुनवर्षी नगरपालिका–७ मा अपाङ्गता भएकी १७ वर्षीया किशोरी बलात्कृत भइन्...
आइतबार, फाल्गुन १ २०७८यो सङ्ख्या बढ्नुमा केही अन्धविश्वासको कारणले पनि हो । धामी, झाँक्री, माता तथा निःसन्तानहरूलाई सन्तान दिलाइदिने भन्दै बलात्कार गरेका घटनाहरू माथिको उदाहरणबाट प्रस्ट हुन्छ । यो कुनै एउटा व्यक्ति विशेषको कुरा होइन बरु हाम्रो समाजमा हरेक मानिस कुनै न कुनै अन्धविश्वास अवश्य मानेर बसेको छ । अब हामीले गहिरिएर सोच्ने बेला भइसकेको छ कि यस्ता रूढिवादी कुराहरूबाट माथि उठ्नु पर्छ । धामी र झाँक्रीको भर परेर मात्र उपचार सम्भव हुँदैन भनेर चेतनाको स्तर सुधार्नु पर्छ ।
मानसिक कारणले बढ्यो बलात्कार : डिआइजी उत्तम राज सुबेदी
नेपालमा विशेषगरी बालिका र किशोरीमाथि हुने गरेका बलात्कारका घटनाले डरलाग्दो रूप लिन थालेको छ । बलात्कारका घटना अपरिचितबाट भन्दा चिने जानेकै वा आफन्तबाट बढी हुने गरेको पाइएको छ । १३ वर्षअघिको तथ्याङ्क र अहिलेको तथ्याङ्क हेर्ने हो भने अहिले एकदमै नजिकका आफन्त वा परिवारका सदस्यहरूबाट नै करणी हुने गरेको छ । निम्न र मध्यम वर्गका किशोरीमा शिक्षाको स्तर र पहुँच कम हुनु, अभिभावकमा पनि सुरक्षात्मक ढङ्गको ज्ञान नहुनुलगायतका कारणले बालिका र किशोरीमाथि हुने बलात्कारका घटनामा बढोत्तरी भएको हो ।
नेपालमा बलात्कार सबैभन्दा कम उजुरी पर्ने अपराधमा पर्छ । बलात्कारको घटनामा अधिकांश किशोरीहरू पीडित छन् । किशोरीहरू उजुरी दिन आफैँलाई सुरक्षित ठान्दैनन् । परिवार, नातागोता र समाजको डरले उजुरी दिन हिच्किचाउँछन् । उनीहरू घटनालाई बाहिर ल्याउँदा दोहोरो पीडामा पर्छन्, एक बलात्कारको अर्को सामाजिक लाञ्छनाको । र घरपरिवारले पनि घरभित्रको कुरा बाहिर जानु हुँदैन भनेर यस्ता घटनाहरू बाहिर नल्याउने गरेको पाइएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौँ उपत्यकामा यस्ता घटनाहरूलाई न्यूनीकरण गर्न विभिन्न विद्यालयहरूमा गएर जनचेतना जगाउने कार्यहरू गरिरहेको छ । म आफैँ हप्ताको ३ दिन विभिन्न विद्यालयहरूमा गएर विद्यार्थी, अभिभावक र शिक्षकहरूसँग छुटाछुट्टै परामर्श गर्छु । उहाँहरूलाई बलात्कार, अन्धविश्वासको बारेमा जानकारी गराउँछु ।
‘रक्षक’ बुबा नै ‘भक्षक’: बाल्यावस्थाका छोरीलाई मायाको सट्टा बलात्कार !
फेब्रुअरी महिनामा माया शब्दको अलि धेरै नै चर्चा हुन्छ । किनकि...
बुधवार, माघ २६ २०७८पहिलेको बलात्कारका घटनाहरूभन्दा अहिलेका घटनाहरू जटिल छन् । पहिले बलात्कारको आरोपमा पक्राउ परेका अधिकांश चोर, डकैत, गुन्डा, आवारालगायतका हुन्थे भने अहिलेको अवस्थामा उनीहरूको विगत सामान्य रहेको पाइन्छ । यो सबै मानसिकताको उपज हो र मानसिक रोगको कारण यस्ता घटनाहरू बढ्ने गरेका छन् ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको सङ्ख्या खै ? : रसना ढकाल
हो, हिसा आफन्त वा चिनेको व्यक्ति बाट हुन्छ भने झैँ बलात्कार जस्तो जघन्य अपराधमा पनि त्यस्तै देखिन आउँछ । सबैभन्दा सुरक्षित घर भन्छौ तर पछिल्लो समय घर नै महिला बालबालिकाको लागि सुरक्षित भएको छैन ।
घरभित्रै र त्यो पनि घरको सबैभन्दा ठुलो मानिने व्यक्ति बुबाबाट हुने घटना बाहिर भन्नका लागि पीडित एक्लै हुन्छ । बाबु अथवा नजिकका आफन्तबाट भएको हिंसाको घटना बाहिर ल्याउन नसक्ने भएकाले विद्यालय वा बाल विकासमा जाने बेलादेखि नै उनीहरूबाट विभिन्न ढङ्गले बुझ्नुपर्ने हुन्छ ।
त्यसमाथि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक माथि पनि बलात्कार भएको छ । कानुनले महिला र बालिकाको बलात्कारको विरुद्धमा बोलेता पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू माथिको बलात्कारको कुरा बोलेको छैन ।
बलात्कार एक शक्ति को उन्माद हो । यो महिला पुरुष र यौनिक तथा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक कसरी हेरिएको छ ? सामाजिक संरचनाको कारण बलात्कारको घटना हुने गरेको छ । यसको रोकथाम र न्यूनीकरण को लागि सचेतना आवश्यक छ ।
यस्ता घटनाहरू किन हुन्छन् ? यसका पछाडिको मनोवैज्ञानिक कारणहरू के-के हुन सक्छन् ?
असामाजिक व्यक्तित्व : जसलाई साइकोपाथ भनेर पनि भनिन्छ । यस्तो ब्यक्तित्वसँग सम्बन्धित मानसिक रोग लागेका व्यक्तिहरूले आफ्नो घरपरिवार र समाजमा जो सुकैलाई पनि दुःख दिने , सानोसानो कुरामा पनि ठुलो बदला लिन खोज्ने, हत्या बलात्कार गर्नसमेत पछि नपर्ने आदि जस्ता कानुनले बर्जित गरेका जघन्य अपराध गर्न पछि पर्दैनन् ।
यौनको लत : यौनको लत लागेका व्यक्तिहरू यौनप्रति अति नै आशक्त हुन्छन् । कति गर्दा पनि उनीहरूमा यौनको प्यास मेटिँदैन । यस्तो यौन समस्या भएका व्यक्तिहरूले यौनको तिर्खा मेट्न आफन्त पनि नभन्न सक्छन् ।
अप्राकृतिक यौन व्यवहार : जसले यौनलाई सम्भोगको रूपमा भन्दा स्खलनको माध्यम बनाउँछ , यस्ता व्यक्तिले अरूको भावना बुझ्न सक्दैनन् र स्वभाविक यौन व्यवहार गर्न पनि जान्दैनन् । यस्ता व्यक्तिले बलात्कार गर्ने पनि सम्भावना हुन्छ ।
नैतिक पतन : नैतिक रूपमा पतन भएका व्यक्तिले पशुभन्दा तल्लो व्यवहार गर्न सक्छन् । यस्ता नैतिक रूपमा पतन भएका व्यक्तिबाट आफन्त पनि बलात्कारको सिकार हुन सक्छन् ।
यौन कुण्ठा : अविवाहित, पत्नीबाट यौन सन्तुष्टि लिन नसक्ने यौन कुण्ठाले भरिएको व्यक्तिले पनि बलात्कार गर्न सक्छ ।
लागु पदार्थ सेवन : यसको सेवन गर्दा व्यक्तिले विवेक र चेतना गुमाउन सक्छ र बलात्कार गर्न पुग्छ ।
पोर्नोग्राफी र साइबर सेक्सको लत : पोनो ग्राफमा बाबुले छोरीसँग यौन सम्पर्क, दाजुले बहिनीसँग शारीरिक सम्बन्ध, आदिजस्ता शीर्षकका अश्लील भिडियो धेरै भेटिन्छ । यस्ता कुरा धेरै हेर्न तथा यी कुराको लत भएको व्यक्ति नैतिक रूपमा पतन भई हाडनाता करणी गर्न सक्छ ।
मानसिक रोग : मेनियाजस्तो कडा मानसिक रोग लागेको व्यक्ति सधैँ उत्तेजित हुन्छ । उसको व्यवहार र विचार पनि अव्यवहारिक र अनौठो किसिमको हुन्छ । झट्ट हेर्दा ऊ रोगीजस्तो पनि देखिँदैन । उसको शरीरमा शक्ति पनि बढेर आउँछ । यौनको आवेग पनि तीव्र हुन्छ । जसलाई ऊ नियन्त्रण गर्न सक्दैन र बलात्कार पनि गर्न सक्छ ।
शरिरिक कारण : शरीरमा सेक्स हर्मन बढ्दा यौन चाहना बढ्न गई, आफूलाई यौन अनुशासनमा राख्न नसक्दा पनि बलात्कारका घटना हुन पुग्छ ।
अति विश्वास गर्नु : घर परिवारका सदस्यबीच चाहिनेभन्दा बढी घनिष्ठता, अति विश्वास र नाताअनुसारको व्यवहार र अनुशासनमा बस्न नसक्दा पनि आफन्तबीच नै करणीका घटना हुन सक्छन् ।
मनोवैज्ञानिक असर : सानोमा यौन दुर्व्यवहारमा परेको व्यक्ति पनि पछि गएर यौन अपराधी हुन सक्छ ।
यौन अनुशासन नहुनु : सानैबाट यौन अनुशासन नभएको, पतित, विखण्डित, अनुशासनहीन, चरित्रहीन घर परिवार र समाजमा हुर्केको बच्चा पनि पछि गएर यौनमा विचलिन हुन सक्छ । यी र यस्ता अन्य धेरै यौन समस्या (विचलन), मानसिक एवम् मनोवैज्ञानिक समस्याका कारण आफन्तले नै आफन्तलाई जबरजस्ती करणी गर्न सक्छ ।
यस्ता व्यक्तिलाई मानसिक रूपमा स्वस्थ व्यक्ति मान्न सकिँदैन । किनकि, मानसिक रूपमा स्वस्थ व्यक्तिले समाजले स्वीकारेको मात्र काम गर्छ । काम गर्नुअगाडि परिणामको बारेमा सोच्छ । के ठिक के बेठिक छुट्टाउन सक्छ । आफ्नो आवेगलाई नियन्त्रण गर्न सक्छ । सामाजिक मूल्य मान्यताको सम्मान गर्छ । यी र यस्ता गुण नभएको व्यक्ति मानसिक स्वास्थ्यका हिसाबले रोगी मानिन्छ ।