फेब्रुअरी महिनामा माया शब्दको अलि धेरै नै चर्चा हुन्छ । किनकि यो महिनालाई ‘भ्यालेन्टाइन मन्थ’ पनि भनिन्छ । फेब्रुअरी महिनामा माया दिने र माया पाउनेहरूको बढी चर्चा हुन्छ । मायाका अनेकन् प्रकार हुन्छन् । प्रेमी–प्रेमिकाबीचको मात्र नभएर अभिभावकले दिने मायाको पनि विशेष स्थान रहन्छ, जीवनमा । त्यसमध्ये बुबाको माया पनि प्यारो हुन्छ, सन्तानका लागि ।
बुबा छोरीको जन्मदाता र संरक्षक हो । अहिलेसम्मको सामाजिक संरचनाले बुबालाई नै परिवारको मुली मानेको छ । समाजले नै भन्छ पनि, ‘छोरा आमाको प्यारो, छोरी बाउको ।’ यसैले पनि छोरीहरूले बुबाबाट धेरै मायाको अपेक्षा गर्छन् । मायाको महिना फेब्रुअरीमा एउटा बुबाले आफ्नी बाल्यावस्थाकी छोरीका लागि अभिभावकले दिने माया अनि अन्यौलित भविष्यको मार्ग निर्देशन दिनुपर्ने हो ।
तर यही महिनामा कतिपय छोरीहरू आफ्नै बुबाबाट बलात्कृत बनेका छन् । माया पाउने उमेरमा बाबुबाट बलात्कारजस्तो हिंसाको सिकार हुनुपर्दा कतिपय बाल्यावस्थाकी छोरीहरूले माया शब्दमाथि नै अविश्वास गर्नुपर्ने परिस्थिति आएको छ । अनि विभिन्न कारणले घरभित्रै भएको सो घृणित कार्य बाहिर ल्याउन नसक्दा कति छोरीहरू पटक पटक बुबाबाट बलात्कारको सिकार पनि बनेका छन् ।
गत वर्ष माघ २० गते (२ फेब्रुअरी २०२१) मा १४ वर्षीया एक बालिका मोरङको बेलबारी नगरपालिकामा नेपाली सेनाका पूर्वजम्दारसमेत रहेका आफ्नै बुबाबाट बलात्कृत भइन् । बेलबारी–११ मा आफ्नो बुबाको साथमा बस्दै आएकी ती बालिका ११ वर्षको उमेरदेखि पटक पटक बलात्कारको सिकार भएकी थिइन् ।
मोरङमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा नेपाली सेनाका पूर्वजम्दार पक्राउ
मोरङमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा नेपाली सेनाका पूर्वजम्दार पक्राउ परेका...
आइतबार, भदौ ६ २०७८बेलबारीमै कक्षा ९ मा पढ्ने उनले ५१ वर्षीय बुबाले तीन वर्षदेखि पटक–पटक बलात्कार गरेको भन्दै सार्वजनिक गरिन् । पछिल्लो पटक २०७७ साल माघ २० गते राति आफ्नै घरमा धाक धम्की दिँदै डर देखाएर बाबुले बलात्कार गरेपछि उनले इलाका प्रहरी बेलबारीमा किटानी जाहेरी दिइन् । तर उनको जाहेरी सात महिनापछि (२०७८ भदौ ४) परेको थियो । कारण बाबुको बलात्कारबाट मरणासन्न बनेकी उनी सात महिना बिरामी परिन् ।
‘‘किशोरावस्थामा पुग्दैगर्दा हरेक छोरीले आफ्नो बुबालाई ‘रक्षक’का रूपमा हेरेकी हुन्छिन् । अरूको खराब नजरविरुद्ध बुबाले बोलिदियोस्, अभिभावकका रूपमा बुबाबाट अनवरत माया पाइयोस् अनि भविष्यको बाटो देखाउने काममा बुबासँग निरन्तर सहकार्य होस् ।’’
पीडित बालिकाकी आमा ती सेनाका पूर्वजम्दारका अरू दुई जना पत्नी रहेको थाहा पाएपछि झापाको बिर्तामोड बस्न थालेकी थिइन् । ती पुरुषका दुई पत्नी छन् । बालिका कान्छी पत्नीकी छोरी हुन् । आमाले केही वर्षयता बुबासँग सम्बन्ध विच्छेद गरी झापा बिर्तामोडमा बस्न थालेपछि छोरी बुबासँग थिइन् ।
नेपाली सेनाका पूर्वजम्दारसमेत रहेका आफ्नै बुबाबाट बलात्कृत बालिकाले पाइनन् न्याय !
मोरङको बेलबारी नगरपालिकामा नेपाली सेनाका पूर्वजम्दारसमेत रहेका आफ्नै बुबाबाट बलात्कृत बालिकाले...
बिहीबार, असोज १४ २०७८पछि मोरङ प्रहरीले ती पुरुषलाई पक्राउ गरी मुद्दा चलाउँदा जिल्ला अदालत मोरङले पाँच लाख रुपैयाँ धरौटीमा छोड्यो । न्यायको मन्दिरबाट नै अन्याय भएको महसुस गरी ती बालिकाले पत्रकार सम्मेलन नै गनुपर्यो । मोरङ अदालतबाट न्याय नपाएपछि उच्च अदालत विराटनगरको सहारा लिएकी ती बालिकाले न्यायको आभास पाइन् ।
उच्च अदालतले उनलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दियो । उच्च अदालत विराटनगरका न्यायाधीश सत्यमोहन जोशी र मिलनकुमार राईको इजलासले आरोपीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । आदेशपछि ती पुरुष गत मङ्सिर दोस्रो सातायता मोरङ कारागारमा सजाय भुक्तान गरिरहेका छन् ।
‘‘किशोरावस्थामा पुग्दैगर्दा हरेक छोरीले आफ्नो बुबालाई ‘रक्षक’का रूपमा हेरेकी हुन्छिन् । अरूको खराब नजरविरुद्ध बुबाले बोलिदियोस्, अभिभावकका रूपमा बुबाबाट अनवरत माया पाइयोस् अनि भविष्यको बाटो देखाउने काममा बुबासँग निरन्तर सहकार्य होस् ।’’
आफ्नै छोरी बलात्कार आरोपमा नेपाली सेनाका पूर्वजम्दार जेल चलान !
मोरङको बेलबारी नगरपालिकामा नेपाली सेनाका पूर्वजम्दारसमेत रहेका आफ्नै बुबाबाट बलात्कृत बालिकाले...
मङ्गलवार, मङ्सिर १४ २०७८यो एउटा प्रतिनिधिमूलक घटना हो, माया र मार्ग निर्देशन दिने बाबु नै ‘बलात्कारी’ बनिदिँदा बाल्यावस्थाका छोरीहरूले माया शब्दप्रति नै अविश्वास गर्नुपर्ने अवस्था आएको छ । किशोरावस्था पुग्दै गर्दा हरेक छोरीले आफ्नो बुबालाई ‘रक्षक’का रूपमा हेरेकी हुन्छिन् । अरूको खराब नजरविरुद्ध बुबाले बोलिदियोस्, अभिभावकका रूपमा बुबाबाट निरन्तर माया पाइयोस् अनि भविष्यको बाटो देखाउने काममा बुबासँग सहकार्य होस् ।
तर, छोरीले रक्षक मानेकी बुबा ‘बलात्कारी’ बनिदिन्छन् । यौन शिक्षाबारेमा कौतुहल रहेकी आफ्नी छोरीलाई प्रतिकार गर्न नसक्ने र घटना बाहिर सार्वजनिक गर्न नसक्ने अवस्थाको फाइदा उठाउँदै बुबाले बलात्कारको सिकार बनाउँछन् । जुन यो सभ्य समाजमा कल्पनै गर्न सकिँदैन ।
‘यौन पिशाच’ को नजरमा बालिका नै
मनोविद् गोपाल ढकाल ‘यौन पिशाच’ले फकाउन सजिलो हुने, प्रलोभनमा पार्न सकिने, करकाप गर्दा मान्न सक्ने, धम्क्याउन सकिने, प्रतिवाद गर्न नसक्ने भएका कारण कमजोर आँकेर बालिकालाई आफ्नो सिकार बनाउने गरेको बताउँछन् । त्यसबाहेक पिडोफेलियाजस्तो यौनसम्बन्धी रोगीले पनि बालिकासँग सम्पर्क राख्दा यो रोग निको हुने भन्ने भ्रमका कारण बालिका वा ‘भर्जिन’ किशोरी टार्गेट गर्ने उनको भनाइ छ ।
‘बालिकालाई फकाउन, बहकाउन, करकापमा पार्न सकिने भएका कारण उनीहरू बलात्कारको सिकार हुन्छन्’, ढकालले केटिएम दैनिकसँग भने, ‘त्यसबाहेक बालिकासँग सम्पर्क राख्दा आनन्द आउने, यौनसम्बन्धी रोग निको हुने भ्रम पलाउने भएका कारण पनि उनीहरूमाथि बलात्कारका घटना बढ्ने गरेको छ ।’
त्यसबाहेक किशोरावस्था पुग्नै लागेको उमेरमा अपरिपक्व अवस्था भएका कारण यौनका बारेमा जिज्ञासा राख्ने, विपरीत लिङ्गप्रति आकर्षित हुने हुँदा त्यसको फाइदा यौन पिशाचले उठाउन सक्ने देखिएको छ ।
‘भर्जिन केटीसँग सम्बन्ध राख्दा मजा आउँछ यसैले पनि एकदमै परिपक्व भएका पुरुषले यौन चाहना पूरा गर्न त्यस्ता किशोरीसँग सम्बन्ध राख्छ भने त्यसलाई हामी पिडोफेलिया भन्छौँ । योचाहिँ यौन विचलनको रोग हो, त्यस्ता रोगीले आफ्नो यौन चाहना परिपूर्ति गर्नका लागि सानो उमेरका बालिका बलात्कार गर्ने क्रम बढेको हो ।’
के हुनसक्छ बच्ने उपाय ?
घरभित्रै र त्यो पनि घरको सबैभन्दा ठुलो मानिने व्यक्ति बुबाबाट हुने घटना बाहिर भन्नका लागि पीडित एक्लै हुन्छ । बाबु अथवा नजिकका आफन्तबाट भएको हिंसाको घटना बाहिर ल्याउन नसक्ने भएकाले विद्यालय वा बाल विकासमा जाने बेलादेखि नै उनीहरूबाट विभिन्न ढङ्गले बुझ्नुपर्ने हुन्छ ।
अन्य देशहरूमा नियमित स्वास्थ्य जाँच, मनोपरामर्शका कार्यक्रमहरू विद्यालयमा वा विद्यालयबाहिर पनि हुने गर्छ । यस कारण यस्ता घटना भइहाले चाँडै बाहिर आउँछ । तर नेपालमा भने नियमित स्वास्थ्य जाँच तथा सचेतनाका कार्यक्रमहरू नहुँदा पनि घटना बढिरहेको आङ्कलन गर्न सकिन्छ । नेपालमा पनि त्यही खालको कार्यक्रम सरकारले सुरु गर्दा बालिका बलात्कारका घटना कम हुन सक्छ ।
सरकारले केही समयअघि एक विद्यालय एक नर्स कार्यक्रम सुरु गर्ने योजना बनाएको थियो । सो कार्यक्रमलाई देशैभर लैजाने र विद्यालयमा खटिने नर्सहरूलाई मनोपरामर्श पनि दिने गरी तालिम दिएर छात्राहरूसँग नियमित कुराकानी गर्ने वातावरण बनाउँदा पनि यस्ता घटनाहरू घट्न सक्छन् ।
नोट : यो समाचार नेहा चौधरीसँग गरिएको कुराकानीमा आधारित हो । केही तथ्यहरू पुष्टि गर्नको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी, डा.पकंज चौधरीका सहकर्मीसँग समेत कुराकानी गरेका हौं । हामीले डा. चौधरीका घरपरिवारसँग सम्पर्क गर्न प्रयास गरेतापनि सफल हुन सकेनौँ ।