प्रदेश १ सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिँदै १४ मन्त्रीहरूको जम्बो मन्त्रीमण्डल बनाएको छ । मुख्यमन्त्री तथा नेकपा समाजवादीका राजेन्द्र राई नेतृत्वको सरकारले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गर्दै पारित गरेसँगै मन्त्रालयको सङ्ख्या बढाएको हो ।
मुख्यमन्त्री राईले थप आठ जना मन्त्री थपेका छन् । आठ नवनियुक्त मन्त्रीहरूले आइतबार शपथ ग्रहणसमेत गरिसकेका छन् । यससँगै प्रदेशको मन्त्रीमण्डल १४ सदस्यीय बनेको छ । उनको मन्त्रीमण्डलमा १३ मन्त्री र एक राज्यमन्त्री छन् ।
आज नेपाली कांग्रेबाट तीन, नेकपा एकीकृत समाजवादी पार्टीबाट तीन र माओवादी केन्द्रबाट दुई जना थप भएका छन् । प्रदेश १ को मन्त्रीमण्डलमा नेपाली कांग्रेसबाट मोरङका शेखरचन्द्र थापा, झापाका ओमप्रकाश सरावगी र ताप्लेजुङका प्रतापप्रकाश हाङमाङ नियुक्त भएका छन् ।
नेकपा एकीकृत समाजवादीबाट मोरङका उपेन्द्र घिमिरे, खोटाङका राजन राई र इलामकी खिनु लङ्वा लिम्बू मन्त्री बनेका छन् । हाल कायम रहेका सामाजिक विकास मन्त्री जयराम यादव स्वास्थ्य मन्त्री बनेका छन् ।
नेकपा माओवादी केन्द्रबाट खोटाङका रामकुमार राई र झापाका झलकसिंह दर्लामी मगर मन्त्री बनेका छन् । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की यथावत छन् ।
क्रस | नाम,थर | पद | कार्य विभाजन |
---|---|---|---|
१ | राजेन्द्र कुमार राई | मुख्यमन्त्री | |
२ | इन्द्र बहादुर आङ्बो | मन्त्री | आर्थिक मामिला तथा योजना मन्त्रालय |
३ | हिमाल कार्की | मन्त्री | सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय |
४ | केदार कार्की | मन्त्री | आन्तरिक मामिाल तथा कानून मन्त्रालय |
५ | जयराम यादव | मन्त्री | स्वास्थ्य मन्त्रालय |
६ | राम कुमार राई | मन्त्री | खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालय |
७ | राजन राई | मन्त्री | सामाजिक विकास मन्त्रालय |
८ | खिनु लङ्वा (लिम्बु) | मन्त्री | पर्यटन तथा संस्कृति मन्त्रालय |
९ | झलक बहादुर मगर | मन्त्री | कृषि मन्त्रालय |
१० | शेखर चन्द्र थापा | मन्त्री | वन, वातावरण तथा भू-संरक्षण |
११ | ओम प्रकाश सरावगी | मन्त्री | उद्योग, श्रम तथा रोजगार मन्त्रालय |
१२ | प्रताव प्रकाश हाङगाम | मन्त्री | भूमि व्यवस्था, सहरकारी तथा गरिवी निवारण मन्त्रालय |
१३ | उपेन्द्र प्रसाद घिमिरे | मन्त्री | यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय |
१४ | विष्णु तुम्बाहाम्फे | राज्यमन्त्री | सामाजिक विकास मन्त्रालय |