बितेको २४ घण्टामा देशभर ६ हजार ८२६ जनामा सङ्क्रमण पुष्टि हुँदा काठमाडौं उपत्यकामा २ हजार ९४० जनामा सङ्क्रमण देखिएको हो ।
आज काठमाडौंमा २ हजार १५३ जना भक्तपुरमा २६८ जना र ललितपुरमा ५१९ जनामा सङ्क्रमण देखिएको हो ।
अहिले काठमाडौंमा ३८ हजार २२, भक्तपुरमा ५ हजार ६९४ र ललितपुरमा १० हजार ३१९ सक्रिय सङ्क्रमित छन् । देशभर ८९ हजार ९४१ जना सक्रिय सङ्क्रमित हुँदा उपत्यकाका तीन जिल्लामा ५४ हजार ३५ सक्रिय सङ्क्रमित रहेका छन् ।