पाकिस्तानका विपक्षी दलहरूले सत्तारूढ इमरान खान सरकारविरुद्ध अविश्वास प्रस्तावको प्रयासलाई तीब्र पार्न थालेका छन्।
पाकिस्तान प्रजातान्त्रिक आन्दोलन (पीडीएम)का प्रमुख मौलाना फजलुर रहमानले बुधबार सरकार विरोधी विपक्षी गठबन्धनको वरिष्ठ नेतृत्वको बैठकले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावको विकल्पमा अघि बढ्ने गरी जनवरी २५ मा अर्को बैठक बस्ने निर्णय गर्ने बताएका छन्।
राष्ट्रिय सभामा विपक्षी दलका नेता शाहबाज शरीफको साथमा रहेको उनले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सरकार विरोधी गठबन्धन दलहरूले वर्तमान सरकारलाई तत्काल बर्खास्त गर्ने विकल्पहरू विचार गरिरहेको बताएका हुन्।
हामी सरकारका गठबन्धन दलहरूलाई पाकिस्तानको राष्ट्रिय हित र आम मानिसको बारेमा सोच्न अपील गर्दछौं, फजलले भने। जमियत उलेमा ए इस्लाम प्रमुखले सरकारको विरुद्ध घोषणा गरिएको लामो मार्च अपरिहार्य भएको र पीडीएमले पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई) नेतृत्वको सरकारलाई हटाउनको लागि मार्च २३ मा राजधानी तर्फ मार्च गर्ने जनाएका छन्।
तर, जनवरी २५ गते बस्ने सर्वदलीय बैठकमा लङ मार्चको योजनालाई टुंगो लाग्ने उनले बताए। सरकारले आम जनताको गुनासो बुझेको नभएकोसमेत बताए। हामी प्रधानमन्त्री इमरान खान र उनको सरकारलाई स्वतन्त्र राज्यको पुनः उपनिवेश गर्ने अधिकार नदिइएको उनले बताएका छन्।
पीडीएम प्रमुखले खैबर पख्तुनख्वामा स्थानीय सरकारको आगामी दोस्रो चरणको चुनावको बारेमा पनि कुरा गरे। पाकिस्तान मुस्लिम लिग नवाजका नेता शाहबाज शरीफले पाकिस्तानको ७४ वर्षको इतिहासमा अहिलेसम्म सत्तामा आएको सबैभन्दा अयोग्य सरकार भएको बताउँदै फजलभन्दा पहिले मिडियासँग कुरा गर्दै देश सबैभन्दा कठिन परिस्थितिबाट गुज्रिरहेको बताए।
पीएमएल एनका अध्यक्षले फजलसँगको भेटमा प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावबारे छलफल भएको र यस महिनाको अन्त्यतिरको बैठकमा यो विकल्पलाई थप हाइलाइट गरिने बताए। उनले सरकारले पाकिस्तानी नागरिकको हितभन्दा अन्तर्राष्ट्रिय संस्थाको हित र एजेन्डालाई प्राथमिकतामा राखेको आरोपसमेत लगाएका छन्।