सुनसरीको बर्जु गाउँपालिकामामा माघ ४ गते भएको महोत्सव प्रकरणको छानबिन समितिले सुरक्षा निकायलाई सिफारिस नगरी भोजपुरी सुपरस्टार खेसरीलाललाई ल्याउनु नै गलत भएको निष्कर्ष निकालेको छ ।
घटनापछि गृह मन्त्रालयको निर्देशनमा बनेको सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल नेतृत्वको छानबिन समितिले सुरक्षा निकायलाई सिफारिस नगरी लोकप्रिय कलाकारलाई ल्याउनु आयोजक कमिटीको गल्ती भएको निष्कर्ष निकालेको हो ।
‘छिमेकी मुलुकका लोकप्रिय कलाकारलाई ल्याउँदा उनको सुरक्षार्थ कतै सिफारिस गरिएन,’ छानबिन समितिको प्रतिवेदनमा भनिएको छ, ‘सिफारिसमा उल्लेख नभएपनि कार्यक्रमलाई लोकप्रिय बनाउन आयोजक तथा प्रयोजनकले आफूखुसी यादवलाई बोलाएको देखिन्छ । त्यसैले बिराटनगरमा आराम गरिरहेका उनलाई त्यहीँ रोकिएको थियो ।’
कोभिड–१९ सङ्क्रमणको व्यवस्थापनसम्बन्धी आदेशविपरीत छिमेकी देशका कलाकारलाई निमन्त्रणा दिनु पनि गलत जनाउँदै समितिले सुरक्षा निकायले धेरै हदसम्म क्षति हुनबाट जोगाएको पनि उल्लेख छ ।
आयोजकले सरकार र प्रशासनको उर्दी लतार्दै महोत्सवको अन्तिम दिन कार्यक्रम गर्न खोज्दा अप्रिय घटना घटेको थियो । आयोजकले खेसरीलाललाई विराटनगर ल्याएर महोत्सवको टिकट बेचेको थियो । तर, खेसरीलाल महोत्सवस्थल नआएको भन्दै आक्रोशित भिडले कलाकारको टिमको चारवटा गाडी जलाएको थियो भने साउन्डसिस्टस र कुर्सी तोडफोड गर्दा करिब चार करोडको क्षति भएको थियो । सो भिडले आयोजकले टिकट काटेर राखेको १२ लाख रकमसमेत लुटपाट गरेको थियो ।
बर्जु प्रकरण : गाडीमा बाजा पनि जल्यो भनेर खेसरीलालले थप ३५ लाख मागे
सुनसरीको बर्जु गाउँपालिकामामा माघ ४ गते भएको महोत्सव प्रकरण थप...
आइतबार, माघ ९ २०७८खेसरीलालका लागि साढे १८ लाख ४० हजार नेपाली रुपैयाँ खर्चिएका कारण आयोजक समिति दबाबमा थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले कोभिड सङ्क्रमणको दर कम भएको अवस्थामा मात्र सो कार्यक्रम गर्न निर्देशन दिएपनि आयोजकले अटेर गरेको थियो ।
माघ ४ गते हुने बृहत्त् कार्यक्रम रोक्न प्रहरीले मुख्य आकर्षक खेसरीलाललाई महोत्सवस्थल पुग्न दिएन । जसकारण तीन सय दरको टिकट काटेर भुँइमा बसेका र पाँच सय दरका टिकट काटेर कुर्सीमा बसेका दर्शक आगजनी र तोडफोडमा उत्रिएका थिए ।
अहिले कलाकारको टिमले गाडीको डेढ करोड र गाडीसँगै जलेको बाजाको ३५ लाख गरेर एक करोड ८५ लाख रुपैयाँ माग दाबी गरिरहेको छ भने साउन्डसिस्टमवालाले एक करोड सात लाख रुपैयाँ बराबरको क्षति भएको भन्दै आयोजकसँग मागिरहेको छ ।
महोत्सवको अन्तिम दिन मुख्य आकर्षणका रूपमा नेपाल ल्याइएका कलाकार खेसरीलालको टिमका चारवटा स्कारपियो गाडी जलेको थियो । दुईवटा ‘भिआइपी’ गाडीहरू भने खेसरीलाल बसेको विराटनगरस्थित होटल एसिया–टिकमा सुरक्षित रहेका थिए ।
बर्जु महोत्सवमा भनेको कलाकार नआएपछि स्थानीयले गरे आगजनी र तोडफोड : चारवटा स्कारपियो जल्यो
सुनसरीको बर्जु नगरपालिकामा जारी बर्जु महोत्सवमा भनेको कलाकार नआएपछि आक्रोशित भएका...
मङ्गलवार, माघ ४ २०७८