पत्रकार तथा सामाजिक क्षेत्रमा सक्रिय पोखराका श्रीप्रसाद बाँस्तोलाले कात्तिक १३ गते सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस पोस्ट गरेर आत्महत्या गरे । फेसबुकमा आत्महत्या गर्नुपर्ने कारण र आफूलाई यौन काण्डमा फसाउन पत्नीसहित नौ जनाले षड्यन्त्र गरेको भन्दै यस्तो निर्णय लिन बाध्य भएको उनले उल्लेख गरेका थिए ।
बाँस्तोलाले आफ्नै पत्नीले नौ जना व्यक्तिहरूसँगको षडयन्त्रमा झुक्याएर खाली चेकमा हस्ताक्षर गर्न लगाएको, लेनदेनको कागज नच्याती पेस गरेको, नशालु पदार्थ खुवाएर एक महिलाको कोठामा पठाइ फसाउने उद्देश्यले यौन भिडियो बनाउने कार्य गरेर फसाउन खोजिएको समेत फेसबुकमा उल्लेख गरेर आत्महत्या गरे । उनी त एक उदाहरणमात्र हुन् । यस्ता धेरै उदाहरणहरू छन् जुन बाहिर आएका छैनन् या समाजले लाचार भन्छ भनेर बाहिर आउन सकेको छैन ।
महिलाले अधिकारको ‘दुरुपयोग’ गर्दा पुरुष जोखिमपूर्ण मानवप्रजाति बन्ने खतरा !
पत्रकार तथा सामाजिक क्षेत्रमा सक्रिय पोखराका श्रीप्रसाद बाँस्तोलाले गत बिहीबार सामाजिक...
मङ्गलवार, कात्तिक २३ २०७८अहिलेको अवस्था कस्तो छ भने पुरुष पीडित भएर पनि पीडित हुँ भन्न सामाजिक अप्ठ्यारो छ । उनीहरू आफ्नो कुरा खुलेर बाहिर ल्याउन सक्दैनन्, जसको कारणले उनीहरू भित्रभित्रै पिल्सिएर बाँच्न बाध्य छन् । र, मानसिक बिरामी हुँदै उनीहरू आत्महत्या गर्नसम्म बाध्य भएका छन् ।
महिला अधिकारका विषयहरूमा धेरै बहस भएका छन् । धेरै छलफल भएका छन् । कुनै महिलालाई अप्ठ्यारो परे महिला अधिकारको कुरा जोड बलले उठ्छ, उठ्नु पनि पर्छ ।
६० कटेका एक जना पत्रकार नामधारीले २२ वर्ष पुग्दै गरेकी किशोरीलाई म्यासेन्जरमा अश्लील अङ्ग प्रदर्शन गरेको मुद्दा साइबर ब्युरोमा पर्यो । त्यसलगत्तै त्यो भिडिओ हटाउन किशोरीले ५० हजार मागेको कुरा बाहिरियो । त्यसैको केही दिनपछि केटीको बूढाको भतिजाले थाहा पाएर केस मिलाउन भन्दै अर्को एक लाख मागेको कुरा बाहिरिएको थियो । यस्ता पैसाको आर्थिक लेनदेनको लागि पनि यस्ता घटनाहरू बाहिर नल्याउने र ल्याए पनि पैसामा मिलाउने गरेका उदाहरणहरू धेरै छन् । जसले गर्दा को वास्तविक पीडित हुन् भनेर छुटाउन नै गाह्रो हुने गरेको छ ।
अझ महिलामाथि हुने घरेलु हिंसा, शोषणका कुराहरू उठाइरहँदा नेपालमा पुरुषमाथि चाहिँ यस्ता समस्या छन्-छैनन् भन्ने विषयमा कसैले ध्यान दिएको पाइँदैन । एउटा परिवारबाट महिलामाथि घरेलु हिंसा हुन सक्छ, एउटी पत्नीलाई पतिले विभिन्न टर्चर दिन सक्छ भने महिलाले दिन सक्लिन् कि नसक्लिन् ?
यो अहिले बहसको विषय बनेको छ । महिलामाथि हुने हिंसाका बारेमा यो पंक्तिकारले पनि धेरै कुरा उठाउने गरेका छ, उठाउनु पनि पर्छ । हामी महिला हिंसाविरुद्धको १६ दिने अभियान मनाउँछौँ । हाम्रो नजरले सधैँ पुरुषलाई मात्र दोषी देख्छ तर यहाँ यस्ता पुरुषहरू पनि छन् जो, महिलाबाट पीडित भएका छन् ।
२०७८ पुस ८ गते सिरहाको धन गढीमाई नगरपालिका–१४ मरानमा पत्नीको कुटपिटबाट पतिको मृत्यु भएको खबर बाहिरियो । उक्त खबर बाहिरिएपछि सामाजिक सञ्जालमा निकै चर्चा भयो । धेरैले उनलाई नामर्द र पत्नीको कुटाइ सहन नसकेको आरोप लगाए ।
सामाजिक सञ्जालमा समाचार सेयर गरेका पेजहरूमा हाँसेका रियाक्सनहरू धेरै आए । मैल आजसम्म पनि त्यो हाँसोको अर्थ बुझ्न सकेको छैन । यसबाट हामीले के बुझ्ने ?
घरेलु हिंसा (कसुर र सजाय) ऐन २०६६ दफा २ को खण्ड ‘क’मा घरेलु हिंसा भन्नाले कुनै व्यक्तिले घरेलु सम्बन्ध अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना सम्झनु पर्छ र सो शब्दले गाली गर्ने तथा भावनात्मक चोट पुर्याउने अन्य कुनै कार्यलाई समेत जनाउँछ भनेर घरेलु हिंसालाई फराकिलो दायरामा परिभाषित गरेको देखिन्छ ।
यो परिभाषाले घरेलु हिंसा महिलामाथि मात्र हुँदैन पुरुषमाथि पनि हुन सक्छ भन्ने कानुनले नै प्रस्ट त सङ्केत गरेको देखिन्छ । यति हुँदाहुँदै पनि समाजमा मान्छेहरूमा एउटा छाप के छ भने घरेलु हिंसा भन्नासाथ महिलामाथि नै हुने हिंसा हो । मान्छेहरूमा रहेको यही बुझाइका कारण पुरुषमाथि पनि हिंसा हुन्छ भन्ने कुरा सहजै स्वीकार्न मान्छेहरू तयार देखिँदैनन् ।
अहिले प्रेमको मामिलामा पनि पुरुष पीडित बनेका छन् । प्रेम गर्ने बहानामा विभिन्न साइनो लगाई स्वार्थ लुटेका छन् । धनसम्पत्ति लुटेका छन् । ज्यानसमेत लिएका छन् । आर्थिक कारोबार मिलेसम्म प्रेम, नमिलेपछि मलाई बलात्कार गर्यो भन्दै जेलसम्म पुर्याएको उदाहरणहरू पनि हाम्रैसामु छन् ।
पूर्वसभामुख कृष्णबहादुर महरा र रोशनी काण्ड पनि स्वार्थी प्रेमको नतिजा नै हो ।
यही जन बुझाइका कारण पनि पुरुषमाथि हुने गरेका हिंसा जबरजस्त रूपमा अनदेखा भएको छ । अझ भनौँ अनदेखा गरिएको छ । अझ घरेलु हिंसाका बारेमा प्रस्टसँग भन्ने हो भने घरेलु हिंसा भन्नाले व्यक्तिगत सम्बन्धमा एक पक्षले अर्को पक्षलाई आफ्नो अधिनमा राख्नका लागि गरिने दुर्व्यवहार हो । यसभित्र गालीगलौज, यौन दुर्व्यवहार, कुटपिट, मानसिक दुर्व्यवहार, सामाजिक दुर्व्यवहार, चिढ्याउने, आर्थिक दुर्व्यवहार तथा भावनात्मक दुर्व्यवहारलाई बुझिन्छ ।
हुन त वर्षौँदेखि नारी जाति पुरुषको थिचोमिचोमा थिए, पीडित बनेका थिए । महिलामाथि लामो समय पुरुषले शासन चलाएकै हो, यो सर्व स्वीकार्य छ । तर विस्तारै उनीहरूलाई कानुनतः अलिक बढी अधिकार दिइयो । त्यो अधिकार सत्यको बाटो हिँड्ने नारीका लागि अपरिहार्य नै बनेको थियो । तर दुष्कर्ममा लाग्नेले भने त्यसको दुरुपयोग गर्ने क्रम बढेको छ र अझै पनि अधिकारको दुरुपयोग बढ्दै जाने सम्भावना छ । उनीहरूले पाएको अधिकारको गलत प्रयोग गर्दा त्यसको प्रत्यक्ष मार पर्ने भनेको पुरुषहरूलाई हो ।
केही वर्ष देखि ‘पत्नी पीडित’ नामको उपमा पाएका तेजबहादुर भण्डारी आफूलाई न्याय दिलाइदिनुस् भन्दै विभिन्न मिडिया हाउसहरू चहार्दै हिँडेका छन् । उनको अन्तर्वार्ता केन्द्रबिन्दु टिभीमा आएपछि उनको चौतर्फी चर्चा भयो । उनको भिडियो ट्रेन्डिङमा पनि आयो । तर राजनीतिक दबाबको कारण उक्त भिडियो केन्द्रबिन्दुबाट हटाइयो ।
९० लाखभन्दा बढी पैसा लिएर श्रीमतीले घरको न घाटको बनाएपछि सडकमा पुगेका तेजबहादुरको कहानी कुनै फिल्मको भन्दा कम छैन । उनकी श्रीमती राप्रपाको नेतृ भएकै कारणले उनले न्याय पाउन सकेका छैनन् ।
उनले धेरै युद्ध हुने देश अफगानिस्तानमा सुपरभाइजरको रूपमा काम गरेर करोड रुपैयाँ हारहारीमा कमाए । तर अहिले उनले दुःख गरेर कमाएको एक रुपैयाँ पनि उनीसँग छैन । उनको श्रीमती तारामाया राई भण्डारीसँगको सम्बन्ध विच्छेदको मुद्दाहरू झापा जिल्ला अदालतमा विचराधीन रहेको छ । तारिकमा अदालत जाँदा पनि उनलाई ज्यान मार्ने धम्कीहरू आउने गरेका छन् ।
समाजमा महिलाले खेपेको हिंसाको बढी चर्चा हुन्छ, समाचार बन्छ, अभियान चल्छ । तर यही समाजमा पुरुषले खेपेका हिंसा पनि महिलाको तुलनामा कम छैनन् । ती घटना भने सार्वजनिक हुँदैनन्, गरिँदैन । र। सार्वजनिक गरिए पनि उक्त पुरुषलाई विभिन्न उपनामहरू दिएर अपमानित गरिन्छ ।
एक जना निजामती कर्मचारीको पीडा पनि अरूको भन्दा कम छैन । उनी पनि पत्नीको व्यवहारको कारण आजित भएका छन् । उनले दुःख व्यक्त गर्दै भने, ‘सम्पत्ति उनैका नाममा छ । मैले धेरै वर्ष मेहनत गरेर उनलाई शिक्षादीक्षा दिएँ, सीप सिकाएँ तर उनको स्वभाव/व्यवहारले म, मेरो अभिभावक र छोराहरू नै आजित भएका छौँ । घरमा झगडा र मारपिट मात्र मच्चाएर वाक्कदिक्क बनाएको छिन् । हाम्रा छोराहरू समेत उनको नजिक जान डराउँछन् ।’
‘म अब बस्न नसक्ने भएँ भनेर दुई वर्षअगाडि सम्बन्ध विच्छेदको मुद्दा दिएको छु । तर उनले अदालतमा नै मरिकाटे पनि छाड्दिनँ, भगवान् मानेर बस्छु भन्छिन् । म के गरौँ ? दोधारमा परेको छु ।’ उनले गुनासो पोखे ।
यी त केही प्रतिनिधि पात्रहरूमात्र हुन् । तर हाम्रो समाजमा अन्य धेरै पीडित पुरुषहरू पनि छन् जो खुलेर बाहिर आउन चाहँदैनन् । महिलाबाट पनि पुरुष पीडित छन् हिंसामा छन् तर खुलाउन्नन् ।
हो, हिंसा प्रभावित पुरुषहरू खुलेर आउन सकेको छैनन् किनकि हाम्रो समाजले पुरुषमाथि पनि हिंसा हुन्छ र ? भन्ने प्रश्नचिह्न लगाइदिएको छ ।
अहिले प्रेमको मामिलामा पनि पुरुष पीडित बनेका छन् । प्रेम गर्ने बहानामा विभिन्न साइनो लगाई स्वार्थ लुटेका छन् । धनसम्पत्ति लुटेका छन् । ज्यानसमेत लिएका छन् । आर्थिक कारोबार मिलेसम्म प्रेम, नमिलेपछि मलाई बलात्कार गर्यो भन्दै जेलसम्म पुर्याएको उदाहरणहरू पनि हाम्रैसामु छन् ।
पूर्वसभामुख कृष्णबहादुर महरा र रोशनी काण्ड पनि स्वार्थी प्रेमको नतिजा नै हो । महराले आफू जेलमा हुँदासमेत रोशनीले दबाइ र खाना समयमा खाने गरेको छ कि छैन भनेर सोधेका कुराहरू पनि बाहिरिएका थिए । उनीहरूबीचको कुरा जे भए पनि, आज पनि कसैले महराको विरुद्धमा बोल्दा रोशनीले प्रतिउत्तर दिने गरेको उनको सामाजिक सञ्जालमा देख्ने गरिएको छ ।
यही समाजका महिलाले साना हुन् या ठुला पदमा रहेका, सबैलाई फसाएका, ब्लाकमेल गरेका, अरूको घर परिवारमा आगो सल्काएका उदाहरणहरूले पनि पुरुष पनि पीडामा रहेको पृष्ट गरेका छन् ।
भर्खरैमात्र एउटा समाचार सार्वजनिक भएको थियो जसमा, ६० कटेका एक जना पत्रकार नामधारीले २२ वर्ष पुग्दै गरेकी किशोरीलाई म्यासेन्जरमा अश्लील अङ्ग प्रदर्शन गरेको मुद्दा साइबर ब्युरोमा पर्यो । त्यसलगत्तै त्यो भिडिओ हटाउन किशोरीले ५० हजार मागेको कुरा बाहिरियो । त्यसैको केही दिनपछि केटीको बूढाको भतिजाले थाहा पाएर केस मिलाउन भन्दै अर्को एक लाख मागेको कुरा बाहिरिएको थियो ।
यस्ता पैसाको आर्थिक लेनदेनको लागि पनि यस्ता घटनाहरू बाहिर नल्याउने र ल्याए पनि पैसामा मिलाउने गरेका उदाहरणहरू धेरै छन् । जसले गर्दा को वास्तविक पीडित हुन् भनेर छुटाउन नै गाह्रो हुने गरेको छ ।
पुरुषलाई समाजले नै महिलाभन्दा कठोर बनाइदिएको छ । छोरोमान्छे रुनु हुँदैन, जस्तो बज्रपात पनि सहनु पर्छ भनेर भन्ने गरिन्छ । त्यहीभएर पनि पुरुषहरू पीडामा पनि जबर्जस्ती हाँस्ने प्रयत्न गरिरहन्छन् ।
विदेश गएका केही पुरुषहरूले गरेको त्याग र उनीहरूले पाएको पीडा पनि सुनिनसक्नु नै छन् । उनीहरू आफ्नो घरको कुरा बाहिर नआओस् भन्ने चाहन्छन् तर भित्रभित्र पलपल तड्पिएर बाँच्न बाध्य छन् ।
महिला हिंसा सुनिरहेको विषय हो तर पुरुष हिंसा त्यति सुनिँदैन तर प्रायः हरेक घरमा यस्ता घटना हुन्छन् र गुमनाम रहन्छन् । धेरैजसो विवाहित पुरुषहरू हिंसाको सिकार हुने गरेको पाइन्छ । विवाहित महिलाहरूले पतिको मन जितुन्जेल चुप लाग्ने र मन जित्नासाथ आफू सर्वेसर्वा हुन आफ्नो पुरुषलाई उसका साथीकै सामु कमजोर देखाउन तम्सिन्छन । त्यो गर्नु हिंसाबराबर नै हो ।
यदि कुनै पुरुष साहस गरी आफू अन्यायमा परेर जब अदालतको ढोका ढकढकाउन पुग्छ, त्यति बेला पनि शङ्का र गल्तीको दायरमा सर्वप्रथम पुरुष नै पर्ने गर्छ । किनकि समाज अझै पनि पुरानै मापदण्डमा चलिरहेको छ । हरेक समय अपराध पुरुषकै हुन्छ भन्ने मान्यतालाई पनि बदलेर को हो दोषी भन्नेतर्फ पनि ध्यान दिने हो कि ? आजभोलि खुलापनको दम्भका कारण आफ्नो स्वार्थ पूरा नभए पुरुषलाई अन्यायमा पार्ने पर पार्टीले पुरुष हिंसामा परिरहेका छन् ।
तर हाम्रो समाज यो मान्नको लागि तयार छैन कि पुरुष पनि महिलाको अपराधको सिकार बन्न सक्छन् ? त्यसैले त सरकारी निकाय यसप्रति आँखा बन्ध गरेर बसेको छ र न्याय ओझेलमा परेको छ । आखिर किन सहानुभूति महिलाको लागि मात्र देखाइन्छ ? पुरुष र नारीलाई बराबरी अधिकारको कुरा गर्ने हामी पुरुषलाई हुने हिंसाप्रति किन जिम्मेवार रूपमा विषय उठान गर्न सकिरहेका छैनौँ ?