महिला अधिकारका विषयहरूमा धेरै बहस भएका छन् । धेरै छलफल भएका छन् । कुनै महिलालाई अप्ठेरो परे महिला अधिकारको कुरा जोड बलले उठ्छ, उठ्नु पनि पर्छ । अझ महिला माथि हुने घरेलु हिंसा, शोषणका कुराहरू उठाइरहँदा नेपालमा पुरुष माथि चाहिँ यस्ता समस्या छन् छैनन् भन्ने विषयमा कसैले ध्यान दिएको पाइँदैन । एउटा परिवारबाट महिलामाथि घरेलु हिंसा हुन सक्छ, एउटी श्रीमतीलाई श्रीमानले विभिन्न टर्चर दिन सक्छ भने महिलाले दिन सक्लिन कि नसक्लिन ?
महिला हिंसा, महिला अधिकारकारको कुरासँगै आज म एउटा पुरुष हिंशाको विषय उठान गर्न चाहन्छु । अरू कसैको नभएर म मेरै पीडा यहाँ प्रस्तुत गर्न चाहन्छु । मेरो पुरानो घर रामेछाप, पिइखुरी हो । झापा गाउँपालिका वडा नम्बर ६ मा म विगत केही वर्षहरूदेखि बस्दै आएको छ ।
पुरुष माथि हिंसा हुँदैन भन्ने विषय म यहाँ प्रस्टाउन चाहन्छु । म पूर्व सैनिक हुँ । नेपाली सेनामा मैले काम गर्दा गर्दै मेरी श्रीमतीको आग्रह अनुसार म जागिर छाडेर विदेश गए । म करिब ८ वर्ष विदेश मै बसे । धेरै युद्ध हुने देश अफगानिस्तानमा मैले काम गरे । य त्यहाँ सुपरभाइजरको रूपमा कार्यरत थिए । अफगानिस्तानमा कुन बेला को मर्छ ठेगान हुँदैन थियो । मैले ज्यानको बाजी मारेर त्यहाँ काम गरे । काम गरे अनुसार कमाई पनि मेरो राम्रो थियो । मैले त्यहाँ बसुन्जेल ज्यानको प्रवाह नगरी काम गरे जसको फलस्वरूप मैले त्यस अवधिमा करोड रुपैयाँ हार हारीमा कमाए ।
म सन् २००७ देखि २०१४ सम्म विदेशमै रहेँ । मैले कमाएको रकम पकेट मनि बाहेक सबै रकम म मेरी श्रीमतीलाई पटाउँथे । त्यस अवधिमा मैले ९० लाख रुपैयाँ भन्दा माथि नै श्रीमतीलाई पठाएको छु । यो रकम कुन मितिमा कति पठाए भन्ने अधिकांश जस्तो प्रमाणहरू मसँग सुरक्षित छन् ।
ज्यानको खतरा भए पनि कमाई एकदमै राम्रो थियो । तर सधैँ पैसाको पछि मात्रै लाग्नु हुँदैन भन्ने मनमा सोचे । मलाई लगभग पुग्ने कमाए भन्ने भयो । झापा घर समेत आफ्नो नाममा बनिसकेको थियो । विभिन्न ठाउँहरूमा लगानी समेत श्रीमतीले गरिसकेकी थिइन् । म बिदामा नेपाल आउँथे, जान्थे । केही समय परिवारसँग रमाइलो गरेर म पुनः विदेश आउने जाने गर्दा गर्दै पनि थोरै सम्पत्ति जोडिए पछि अबको जिन्दगी परिवारसँगै जिउँछु । विदेशमा पसिना बगाएर जोडेको सम्पत्तिले परिवारसँग खुसी साट्छु भन्ने निधो गरे । यो कुरा मैले श्रीमतीलाई सुनाए । तर मेरो कुरामा श्रीमती राजी भइनन् । उनको आग्रह थियो विदेशमै बस्नु । घरको सबै म हेरिहाल्छु किन तपाई आउनु हुन्छ भन्ने श्रीमतीको आग्रह हुँदाहुँदै पनि स्वदेश फर्किए । मैले श्रीमतीको आग्रहलाई अस्वीकार गरेँ किनकि म श्रीमतीलाई विदेशमा बसेर होइन सँगै बसेर सुख दिन चाहन्थे । अझ मुख्य कुरा म मेरा सन्तानसँग हास खुसी जिन्दगी बिताउन चाहन्थे । यस कारण म श्रीमतीको आग्रहलाई अस्वीकार गर्दै नेपाल फर्किए ।
आफ्नो आग्रहलाई अस्वीकार गरेका कारण मसँग मेरी श्रीमती थोरै रिसाएकी पक्कै थिइन् । तर श्रीमान्–श्रीमतीको झगडा परालको आँगो भन्ने उखानसँग मिल्ला भन्ने सोचे । नभन्दै म आएको एक महिनासम्म अलिअलि रिसाए पनि सम्बन्ध राम्रै टिक्यो । मेरी छोरी छिन् ८ वर्षकी । मैले कमाएर पैसाले दिएको खुसी भन्दा मलाई मेरो परिवार लाग्यो । मेरी सानी छोरी मेरो काखमा बस्दा मलाई छुट्टै किसिमको आनन्द थियो । साझ सुत्दा छोरीसङै बाबासँग सुत्छु भन्थिन् । खाना कहिले म पकाउँथे त कहिले श्रीमतीले पकाउँथिन् । थोरै घर झगडा भए पनि एक महिना राम्रैसँग चलिरहेको थियो जिन्दगी । दिन वित्दै गए हाम्रो सम्बन्धमा समस्याहरू सिर्जना हुँदै गए । मैले कमाएको रकमले घर जोडिएको थियो । एउटा निजी विद्यालयमा लगानी गरिएको थियो । अन्य क्षेत्रमा गरिएको लगानीहरू सबै श्रीमतीको जिम्मामा थिए । आफ्नै श्रीमती भएका कारण मैले वास्ता धेरै गरिनँ पनि । एक दिन मैले लगानीको विषयमा श्रीमतीसँग जिज्ञासा राखेँ । त्यहाँबाट सुरु भयो खटपट । त्यस दिनदेखि श्रीमतीले मलाई रातदिन गाली गर्न थालिन ।
श्रीमतीले गाली गर्दा मैले जवाफ फर्काऊ भने झगडाले ठुलो रूप लिन्छ र हाम्रो परिवारमा झन् समस्या आउला भन्ने विषयले मलाई सताइरहन्थ्यो । यस कारण म सधैँ श्रीमतीको गाली सुन्न बाध्य भए । श्रीमतीको गाली अझ ठुलो रूप लिँदै गयो म सही रहेँ । बिहान बेलुका खाना बनाउनेदेखि लिएर घरका कामहरू गर्ने जिम्मा मेरै काधँमा ओहिरियो । म गरिरहे । तरपनि कम भएन समस्या । कहिले काहि कमाएको पैसाको कुरा उठथ्यो । घर झगडा सुरु भइहाल्थ्यो । श्रीमतीको भाई मेरो सालो गजेन्द्र हुनुहुन्छ । मैले मेरो गुनासो वहाँलाई सुनाए । वहाँले भेना चिन्ता नलिनु म दिदीलाई सम्झाउछु भनिरहनु हुन्थ्यो । आज सुनाए भोलि सुनाए । सधैँ मैले घरको समस्या समाधान होला कि भनेर वहाँलाई सुनाए । जुन दिन मैले वहाँलाई सुनाए । त्यो दिन साझ झन् ठुलो झगडा हुन थाल्यो । ‘तैले क–कसलाई सुनाइस ?’ भन्दै श्रीमतीले ढोका थुनेर एक दिन पिटिन् । त्यस दिनदेखि सुरु भयो मेरो पिटाइखाने क्रम । श्रीमतीले गाली गरेको कुरा बाहिर थाहाँ पाए भने घरमै बद्नाम हुन्छ भनेर सहेको मान्छे म अब श्रीमतीले नै कुटिन भनेर कसलाई भन्न जाउँ ? भन्दा पनि आफ्नै बद्नाम हुने । त्यहिँ पनि सहेँ मैले ।
यसरी मोडिएको थियो जीवन
२०५८ सालमा म सेनामा भर्ति भए । दोलखाको जिरीमा तालिम गरेँ । तालिम पछि म भोजपुरमा खटिए । ४ वर्ष म त्यहाँ बसे । २०६३ सालको दसैँ मानेर फर्किदा मेरो पल्टन इटहरी झरेको थियो । म इटहरीमा हाजिर भएँ । तालिमको लागि म धनकुटा जानु पर्ने भयो । २ नम्बर बाहिनी हिलेमा पठाइयो ।
धरानको बसपार्कबाट गाडी चढे । गाडीमा सिट फूल थियो । मेरो छेउमा एक महिला उभिएको देखे । म त उभिन सक्छु, बोरूँ महिलालाई सिट छाडिदिनु परो भन्ने सोचे । ती महिलालाई बस्नुस् भनेर मैले सिट छाडे । गाडी अगाडी बढ्दै गयो अलि अगाडि पुगे पछि वहाँको सिटको छेउको मान्छे बसबाट ओर्लनु भयो । मैले जसलाई सिट छाडे वहाँको छिउँको सिट आली भए पछि मलाई वहाँले आउनुस बस्नु भयो भयो । म त्यहाँ बसे त्यो सँगै हाम्रो परिचय भयो । वहाँको नाम तारामाया राई रहेछ । चिनजान भयो, मैले नेपाली सेनामा जागिरे छु भने । चिनजान बढ्दै गयो । वहाँ पनि धनकुटा नै जानु भएको रहेछ । म जहाँ झरे वहाँ पनि त्यहीँ झर्नु भयो । गाडीबाट सँगै ओर्लिएपछि वहाँले चिया खाऔँ भन्नु भयो, हुन्छ भनेर हामीले होटलमा सँगै चिया खायौ । त्यहीँ भेटबाट हामी नजिकियौँ ।
हामी नजिकिएसँगै सम्बन्ध प्रेममा बदलियो । वहाँले नेपाली सेनामा जागिर खाएर कमाई राम्रो हुँदैन विदेश जाने हो भन्नु भयो । वहाँले मलाई इराक अफगानिस्तानमा सेक्युरिटी गार्डमा जानुस् राम्रो कमाई हुन्छ भन्नु भयो । आफूलाई यसबारे जानकारी भएको पनि बताउनु भए पछि म पनि पैसामा लोभिए । धेरै राम्रो कमाई हुन्छ भन्ने भए पछि किन नेपालमा बस्नु परो त भन्ने सोचे । त्यसपछि म घर गएँ । जागिर छाडेर पासपोर्ट बनाए । पासपोर्ट बनाएर आएपछि अब के गर्ने भन्ने भयो । विदेश जानका लागि प्रोसेस वहाँ लेनै चालिदिनु भयो । भिसा नलाञ्जुले सम्म मेरैमा बस्नु भन्नु भयो । वहाँ झापाको शरणमयी–६ मा बस्नु हुन्थ्यो । म वहाँसँगै करिब ७ महिना बसे । वहाँले नै मलाई विदेश पठाउन प्रोसेस गरिदिनु भयो । नभन्दै भिसा लाग्यो । इराक, अफगानिस्तान ई लिगल भएका कारण दुबईमा भिजिट भिसा लागेको थियो । २००७ सेप्टेम्बर २२ मा इराक जानका लागि भनेर दुबई हुँदै उठे । म पुगे । काम राम्रै पाए । १०९० डलर तलब थियो । ४ महिनादेखि ६ महिनामा नै छुट्टि आउन मिल्थ्यो । त्यो तलब बाहेक पनि मैले महिनामा ओभर टाइम गरेर सोही बराबरको रकम कमाउँथे ।
युद्ध मैदान भएका कारण काम हामीले त्यहाँ गरे पनि तलब भने बुझ्न पाइँदैन थियो । पकेट मनि भनेर ५० डलर दिइन्थ्यो । खाना बस्न सबै व्यवस्था भएकाले पैसाको त्यति आवश्यक पनि थिएन । सुरक्षाका कारण नेपालमा भएका आफन्तलाई सिधै रकम पठाउनु पर्ने रहेछ । मैले मेरो श्रीमती तारामाया राई हो वहाँलाई नै पठाइदिनोस् भनेर लेखाए । मेरो पहिलो तलब अक्टोबर २८ तारिकमा आएको थियो । त्यो रकम सिधै तारामाया राईको नाममा वेस्टर्न युनियनबाट नेपाल पुगेछ । रकम पठाइएको स्लिप कम्पनीले मलाई दियो । २००९ सम्म मैले वेस्टर्नमै रकम पठाए । त्यसपछि भने मैले बैङ्क खाता खोले ।
आफ्नै खातामा रकम जम्मा हुने भयो । त्यसमा श्रीमतीले आपत्ति जनाइन् । मेरो खातामा जम्मा भए पनि एटिएम कार्ड म तिमीलाई नै छाड्छु, तिमीले नै निकाल्नु भने । २००९ को डिसेम्बरदेखि मेरो खातामा रकम जम्मा हुन थालेको थियो । म बिदा आएको बेला मैले मेरो चेकमा हस्ताक्षर गरेर खाली राखेर दिए अनि एटिएम पनि उनलाई नै दिए । त्यसरी नै रकम निकाल्ने गरिरहेको थियो । पछि फेरी म बिदामा आउँदा उनले यो झन्झटिलो भयो भनिन् । त्यसपछि मैले बैङ्कको मेनेजरसँग के गर्दा सहज होला भनेर सल्लाह गरे । वहाँले हस्ताक्षर अधिकार दिनुस् भन्नु भयो । एउटा फारम भरेपछि हस्ताक्षर तारामाया राईको गरे पनि मेरो खाताबाट रकम निकाल्न मिल्ने भयो । नबिल बैंकमा मेरो खाता भयो । अहिलेसम्म पनि खाता मेरो भए पनि श्रीमतीको हस्ताक्षरले रकम निस्कन्छ । म बिदामा आउँदा कहाँ कहाँ खर्च भयो भनेर सोध्थे । घर किनेको त मलाई थाहा थियो । अन्त स्कुलहरू कताकति लगानी छ भन्ने जवाफ पाउँथे । धेरै समय बस्न नपाउने भएकाले हो होइन भन्ने छुटाउन पनि पाइन् । मैले ओभर टाइमबाट कमाएको रकम खल्तीमा हालेर ल्याउँथे । काठमाडौँ ओर्लिए पछि रकम सटही गरेर म झापा हवाई जहाजमै जान्थे । पकेटमा भएको रकम समेत म श्रीमतीलाई नै दिन्थे ।
मेरो पसिनाको कमाई सदुपयोग भएन भन्दा समस्या
मैले रकम कहाँ–कहाँ खर्च भएको छ भनेर सोध्दा वहाँले सुरुमा स्कुलमा, जग्गामा कताकति भनेर क्लियर नहुने किसिमको जवाफ दिनु हुन्थ्यो । तर पछिपछि तेरो केही पनि छैन । तैँले कमाए पठाएको के प्रमाण छ भनेर भन्ने जवाफ आयो ।
एक दिन म, मेरो भाइ र आमा बसिरहेका थियौ । मेरो साइँलो भाइ, मेरो बहिनी र आमा आउनु भएको थियो । आमालाई नबोला भन्ने श्रीमतीको आग्रह थियो । मैले टेरिन । त्यसपछि मेरो श्रीमती माइतै गएर बसिन् । २, ४ दिन भएको थियो । घरमा खाना खाएर बेड रूपमा ढल्किएको थिए । हिजो म दिदीलाई सम्झाउँछु । मिलेर बस्नुस् भन्ने सालो आएर एक्कासि मलाई हिर्काउनु भयो । मेरो दिदीलाई तनाव दिएको भन्दै । मलाई मेरै भाइ र आमाको अगाडि पिटियो । मेरै घरमा त्यो पनि बेड रूपमा बिना गल्ती फेरी मेरो जोसँग कुनै कुरा नै थिएन उसले हिर्काए पछि मलाई असह्य भयो ।
भाइले किन हात उठाएको भन्यो ? मेरो भाईलाई नै २४ घण्टाभित्र जे पनि गर्न सक्ने धम्की आयो । त्यसपछि मैले भाईलाई नबोल्न भने ।
त्यसको भोलि पल्ट मैले मैले जिल्ला प्रशासन कार्यालयमा गएर निवेदन हाले । त्यो निवेदन जिल्ला प्रहरी कार्यालय हुँदै इलाका प्रहरी कार्यालयमा पुग्यो । म चौकी गए पछि त्यहाँको सई सापले फोन गर्नु भयो सालोलाई । सालोले फोनमा दुई झापड हानेर पठाइदिनु भन्ने जवाफ दियो । सई सापले मुसुक्क हाँस्दै त्यसो गर्न मिल्दैन भनन भयो । त्यसको भोलि पछि छलफलका लागि बसियो । तर सबैले मेरो गल्ती देखाए । सालोले सबैको अगाडि माफी मागेको नाटक ग¥यो । प्रहरी चौकीबाट पनि केही समस्या समाधान भएन । मेरो घरभित्रै म कुटिदा पनि मैले न्याय पाउँदिन ?
झापामा एउटा स्कुल छ निजी । त्यो स्कुल गजेन्द्रले २५ लाखमा किन्नु भएको थियो । यसको म प्रमाण देखाउन चाहान्छु । वहाँले १० लाख नगद र १५ लाख उदारो मा किन्नु भएको थियो । भाकामा १५लाख तिर्न नसकेपछि स्कुलमा ताला लागेछ । त्यसपछि मलाई स्कुलको प्रिन्सिपलले हामी अप्ठेरोमा पर्यौ १५ लाख सहयोग गर्नु परो ६० प्रतिशत सेयर तपाईँको हुन्छ भन्नु भयो । मसँग पैसा थियो अप्ठेरोमा परेकाले सहयोग गरौँ भन्ने लाग्यो । कागज पछि गर्ने सल्लाह थियो । कम्पनी रजिस्टार को कार्यालयमा गएर दिदीको नाममा सेयर बनाइदिने भने पनि वहाँले बनाइदिनु भएन । पछि एउटा कागज गरिएछ त्यहाँ २५ प्रतिशत सेयर दिएको ब्यहोरा रहेछ । त्यही पनि आफ्नो मान्छे भएका कारण मैले चुप लागे ।
श्रीमतीको अत्याचार मैले सहिरहे । अत्याचारले हद नाघेपछि म घर छाडेर काठमाडौँ आए । बाच्नु त परो, के गरौँ भने । काठमाडौँमा मैले जागिर सहजै पाउने सम्भावना थिएन । त्यस कारण मैले सडकमा तरकारी बेच्न थाले । त्यसको केही समय पछि मेरो श्रीमती काठमाडौँ आएर फोन गर्नु भयो । त कहाँ छस्, म आउँछु विचार गर जस्ता नाना थरी बोल्नु भयो । मैले नआऊ भने तर पत्ता लगाएर तरकारी बेचिरहेकै ठाउँमा आउनु भएछ । झगडा हुने स्थिति भयो । मेरो दाइ हुनुहुन्थ्यो । म वहाँकै सहयोगमा तरकारी बेचेर जिविकोपार्जन गर्न लागेको थिए । त्यहाँ झगडा हुने अवस्था आए पछि मैले दाजुलाई बुहारीलाई कोठामा लिएर आउनुस भने । कोठामा पुगे पछि सिधै तैँले मलाई डिभोर्स दिने कि नदिने भन्ने प्रश्न आयो । मैले कोठामा डिभोर्स दिन मिल्दैन भने । तिमीलाई डिभोर्स चाहिएको हो भने सम्बन्धित निकायमा जाऔँला भने । मैले मेरो भाईको पनि गराएको छु, किन हुँदैन भन्ने कुरा आयो । तर मैले मानिन । तिमीलाई म चाहिँदैन भने तिमी पनि मलाई चाहिँदैन तर मैले कमाएको सम्पत्ति त मलाई चाहिन्छ भने त्यसपछि वहाँ झापा फर्कनु भयो ।
२०७५ भदौ २० गते डेढ बिगाहा जग्गा बेच्नु भएछ । जग्गा बेचे पछि वहाँले मलाई डिभोर्स पाउँ भन्दै मुद्दा हाल्नु भएछ । ४ पृष्ठमा मेरो श्रीमानले मलाई लगाउन, खान दिएन, हाटबजारमा रक्सी खाएर आएर मलाई पिट्यो, घरबाट निकालिदियो म माइतीका घरमा बसेको छु लगायतका झुटै झुट लेखिएका थिए । त्यसमा कहिकतै सत्यता थिएन । यतिसम्म की मुद्धामा मेरो श्रीमानले विवाह दर्ता गरौँ भन्दा मान्नु भएन लेखिएको छु । यो ठिक उल्टो हो । किनकि यसको प्रमाण म सँग छ । मैले वडा कार्यालयमा गएर चिनजानै कर्मचारीहरूलाई विवाह दर्ता गरिदिनु परो भनेको थिए । वहाँले मान्नु भएन । मैले श्रीमतीसँग विवाह दर्ता गरौँ भने श्रीमतीले पनि मलाई अप्ठेरो पर्छ नगरौँ भन्नु भयो । पछि वहाँले २०७०।०९। १६ मा नाता प्रमाणित गराउनु भएछ । विवाह दर्ता नै नभई कसरी नाता प्रमाणित भयो त ? वडा कार्यालय भनेको बडाभरिका नागरिकलाई सेवा दिने कार्यालयले विवाह दर्ता गरौँ भन्दा नमान्ने अनि मलाई जानकारी नै नभई विवाह दर्ता नै नगरी केको आधारमा नाता प्रमाणित भयो त ? फेरी म सँग मेरो श्रीमतीको मतदाता परिचय पत्र पनि छ, त्यहाँ श्रीमानको नामको ठाउँमा मेरै नाम छ, तेजबहादुर भण्डारी । मैले केही गरौँ भन्दा नमान्ने वहाँ । अझ वहाँले वडा कार्यालयमा वैवाहिक सम्बन्ध कायम नगरी पाउँ भनेर निवेदन हाल्नु भएको छ । अहिले वहाँले नै विवाह दर्ता गर्न मानेन भनेर उल्टै मुद्दा हाल्नु भएको छ । वहाँले हालेको मुद्दा भदौ २९ गते दर्ता भएको थियो । त्यहाँ ठेगाना शरण मति–६ ठेगानामा म्याद गएको रहेको छ । मैले थाहा पाएको थिएन । वहाँ आफैले अदालतबाट आएको म्याद बुझ्नु भएछ । र मैले बुझेको भनेर हस्ताक्षर गरिएछ । पत्र बुझेको ३० दिनभित्र अदालतमा म हाजिर भएर प्रतिउत्तर पत्र दायर गर्नु पर्ने थियो । म्यादभित्र म नगए तारामायाको जित हुने थियो । त्यहीँ अनुसार म काम गरे । २८ दिन पछि मैले थाहा पाए । मलाई मुद्दा लागेको छ भन्ने थाहा पाए पछि म झापा गए ।
तारामाया राईकै वकिल डिकबहादुर बुढाथोकीले मलाई फोन गर्नु भयो । वहाँले मलाई तपाईँको श्रीमतीको वकिल हो, तपाई विरुद्ध श्रीमतीको मुद्दा परेको छ । तपाई मलाई आएर भेट्नुस् भन्नु भएको थियो । तपाईँको म्याद सकिएला तपाई छिटो आउनुस् भन्नु भयो । मेरो बुवाको तिथी थियो त्यो सकेर म झापा गए । झापाको चारअलीमा वकिलले मलाई भेट्न भन्नु भयो । चन्द्रगढीको एउटा होटेलमा बस्न वहाँले आग्रह गर्नु भयो । म यति ठूलो होटेलमा बस्न सक्दिन । म खर्च धेरै छैन भने । वहाँले मेरो घर नजिकै हो, तपाई सँग गफ गर्न सजिलो हुन्छ । तपाई यहीँ बस्नुस् बरु खाना बाहिर खानुस भन्ने हुन्छ । वहाँको धेरै आग्रह पछि म राजी भए । होटेलमा बसे । वहाँले मलाई मुद्दाको कागज देखाउँदै मैले मुद्धामा ठेगाना रामेछापको राखेको छु । तपाई त्यहीँ गएर बस्नुस् । तपाईँको ठेगानमा पत्र पुग्दैन । तपाईँले पत्र नबुझेपछि तपाईँको श्रीमतीको मुद्दा अगाडि बढ्दैन भन्नु भयो । पछि मैले बुझे, ठेगाना रामेछाप थिएन । मलाई शङ्का लाग्यो । त्यसपछि म अदालतमा गए । एक जना कर्मचारीलाई मैले मेरो नाममा मुद्दा छ छैन भनेर हेर्न लगाए । मेरो नाममा मुद्दा थियो, ठेगाना पनि झापाकै थियो । अदालतका कर्मचारीले मलाई प्रतिउत्तर हाल्ने एक दिन मात्रै म्याद छ भने पछि म अत्तालिए । हतारहतार लेख्न लगाएर मैले प्रतिउत्तर अदालतमा हाले । त्यसको २ दिन पछि डिकबहादुर वकिल सापले मलाई फोन गर्नु भयो । मैले शुरुमा केही नथा हाँ पाएको जस्तो गरे । वहाँले तपाईँले मुद्राको प्रतिउत्तर हालिसक्नु भएछ मैले थाहा पाइसके भन्नु भयो । त्यसपछि मैले हो सर भने । त्यसपछि मलाई दिनदिनै वकिलको फोन आउन थाल्यो । वहाँले मलाई विभिन्न किसिमका टर्चरहरु दिन थाल्नु भयो । टर्चरले सीमा नाघिसके पछि म झापा गए । त्यहाँ वकिलहरुको संस्था नेपाल बार एसोसिएसनमा मलाई फलानो वकिलले टर्च दिएको भनेर निवेदन दर्ता गराए । त्यसपछि भने मलाई फोन आउन छाड्यो । मुद्दाका कारण म झापा गइरहने पर्ने भयो । तारिक सकेर म मेरो बहिनीकोमा गए ।
म जति झापा बसे सधैँ उहीँ बहिनीको हातबाट टिका लगाए । होटेलमा बस्न पैसा थिएन । म त्यहीँ बहिनीकोमा बसे । भोलि बहिनीको माइतमा गए । म बहिनीको बुवा आमासँग गफ गरेर बसिरहेको थिए । २ जना प्रहरी आउनु भयो । तपाईँलाई तपाईँको श्रीमतीले उजुरी गर्नु भएको छ तपाई चौकी जान पर्ने भयो भन्नु भयो । म मेरै श्रीमतीले हालेको मुद्दाका कारण तारिक धाइरहेको छु चौकी जादिन भने । त्यसपछि प्रहरी जानु भयो । झास म आफै चौकी गए । त्यहाँ घनश्याम भन्ने सई साप हुनुहुन्थ्यो । मैले वहाँलाई तेजबहादुर भण्डारी भन्ने म नै हो भने । लु के गर्न परो ? किन प्रहरी पठाउनु भएको भने ? वहाँले चौकी बस्न भन्नु भयो । तर मैले मानिन । साँझ बहिनीको घरमा खाना खाएर बसिरहे । केहिबेर गफ गरिसके पछि बहिनी र आमाहरू सुत्नु भयो । मलाई निन्द्रा लागेको थिएन । राति ११ बजेतिर इलाका प्रहरी कार्यालय कुमारखौद र टागान्डुव्वा दुई वटा प्रहरी कार्यालयका प्रहरीहरू आउनु भएको रहेछ । बाहिर हेरे । प्रहरीको सई साप हुनुहुन्थ्यो ।
वहाँले तपाईँको घर घेरिएको छ, तपाई हामीसँग जानु पर्छ भन्नु भयो । बहाले मलाई असुरक्षित हुनुहुन्छ भन्नु भयो । मैले तपाईँहरू प्रहरी म गेट लगाएर बसेको छु । कसैले घर घेरेको छ, म असुरक्षित छु भने तपाईँहरूले तिनीहरूलाई पक्राउ गर्नुस् न म किन जानु भने । तर वहाँले जानै पर्छ भन्नु भयो । त्यसपछि मैले बहिनी म जान्छु भने । गेट खोलेर म प्रहरीको गाडीमा चढे । गाउँका सबै महिलाहरू त्यहाँ आउनु भएको रहेछ । मलाई चौकी लगे पछि श्रीमतीको पेन्सन पट्टा चोरिएको आरोप लगाइयो । मैले अस्वीकार गरे । मलाई झुटा आरोप लगाइएको थियो । मलाई अर्काको पेन्सन पट्टा लगेर के फाइदा हुन्छ मैले लगेको छैन भने । त्यहाँ सबै भेला भएर मलाई चोर बनाए । म रोही कराई गरे । मेरो आशु देख्ने त्यहाँ कोही थिएन । म अन्यायमा परेको छु, म चोर होइन भने मेरो रोइ कराई कसैले सुनेनन् । भोलि पल्ट कारित थियो । सई सापले दुवै पक्ष कारित धाएर जिल्ला प्रहरी कार्यालयमा हाजिर हुनु भन्नु भयो । वहाँहरूका पक्ष मोटरसाइकलमा अदालत जानु भयो र कारित बुझ्नु भयो । म गाडी चढेर जाँदा ढिला भयो । अदालतमा कारित सकिए पछि अब जाउन् जिल्ला प्रहरी कार्यालय भने । त्यहाँ भएका सबेले आ–आफ्नो घर जाऔँ भन्नु भयो । मेरो त मुटुमा बिझेको थियो । यस कारण म कुमार खोद इलाका प्रहरी कार्यालय पुगेर सई सापलाई भेटे । मलाई निकै अपमानित गरिएको छ । म चोर हुँ भने प्रमाणित गरेर सजाइदिई ओस नत्र चोर आरोप लगाउनेलाई कारबाही गर्नु परो भनेँ ।
धरान जाउन्, पेन्सन लिइरहेको छ वा छैन त्यसपछि हराएको नहराएको थाहा हुन्छ भनेर मैले सई सापलाई भने पछि वहाँले तारामाया राईलाई फोन गर्नु भयो । मैले पेन्सन खाइरहेको छु मेरो पट्टा हराएको छैन । पुरानो चाहिँ हराएको भनेको हो भनेर सई सापलाई तारामाया राईले जवाफ दिनु भयो । त्यसपछि मैले सई सापलाई लु अब मैले न्याय पाउँछु कि पाउँदिन भनेर मैले इलाका प्रहरी कार्यालयसँगै महिला सञ्जालमा समेत निवेदन हाले । तर कसैले छलफल बसाउन सक्नु भएन । तारामाया राईको एउटा ठाडो निवेदनका आधारमा मलाई ११ बजे राति गिरफ्तार गर्न मिल्ने तर म अन्याय परेको सबैले थाहा पाउँदापाउँदै पनि छलफल समेत राख्न किन सकिएन ? मैले महिला सञ्जालमा निवेदन हालेको थिए । सञ्जालको अध्यक्ष वृन्दा दाहालले यस्तो निवेदनमा छलफल गराएको छैन भन्नु भयो । त्यो सञ्जालको सचिव मेरो श्रीमती तारामाया नै भएका कारण होला । पदमा बसेका मान्छेले जे अन्याय गरे पनि सहनु पर्ने । त्यसपछि काठमाडौँ आए । त्यसपछि मलाई झापा गाउँपालिकाकी उपाध्यक्ष कुन्ती बुढाथोकीले छलफलमा उपस्थिति हुन भनेर पत्र काट्नु भएको रहेछ । तरामाया राई जसले कहिले बैवाहिक सम्बन्ध नगर्ने भनेर वडामा निवेदन हाल्नु हुन्छ कहिले विवाह दर्ता गरेन भनेर झुटा आरोप । कहिले घरमै भाइ ल्याएर कुटाउने त कहिले चौकीमा लगेर थुनाउने । चोर दोष लगाउने गर्नु हुन्छ । वहाँको ठाडो निवेदनका आधारमा म पक्राउ पर्छु । मलाई छलफलका लागि बोलाइन्छ । तर मेरो कुरा त केही पनि सुनिँदैन ।
उपाध्यक्ष बुढाथोकीले भाइ तपाई यहाँ आउनु पर्छ भन्नु भयो । श्रीमतीले निवेदन हालेको रहेछ । मैले खर्च पनि छैन म अहिले आउन सक्दिन भने । वहाँले यसपालि जसरी पनि मिलाउने कुरा छ भाइ तपाई आउनुस् भने पछि मलाई धेरै शाखा जाग्यो । आशा बोकेर म गए । झापा मेयर। उपमेयर, भद्र भलाद्मी सबै भेला भएका थिए । सुरुमा मलाई ३ लाख, ५ लाख दिन्छु भनियो । तेरो केही छैन । त ……. यस्तो त्यस्तो भनेर नाना थरी गाली गर्दै तारामाया राईले मेरो कलर समात्दा पनि त्यत्रो भलाद्मीहरू हेरेका हेरै भए । न्यायालयकै अगाडी म अन्यायमा परे । मेरो पक्षमा कोही बोलेनन् । मैले कुन्ती दिदीलाई खै तपाईँले मिलाउनु भएको ? मलाई यस्तै अमानत गर्न बोलाउनु भएको हो त दिदी भने । दिदीले नाजवाफ हुनुभयो । तयपछि म नाइट बस चढेर काठमाडौँमा आए । त्यसपछि अदालतको मेलमिलापमा उजुरी हालियो । त्यहाँ छलफलमा बसियो । त्यहाँ तारामाया राईले मलाई मेरो श्रीमानले एक रुपैयाँ पनि पठाउनु भएको छैन भनियो । मेरो श्रीमती राप्रपाको जिल्ला सदस्य हो । यस कारण मलाई राप्रपाको पार्टी कार्यालयमा गए । त्यहाँ मलाई पैसा पठाएको के छ प्रमाण भनेर सोधियो । मैले केही छैन भने । मेरो श्रीमतीले नै यहाँ छ भनेर बैंक स्टेटमेन्ट देखाउनु भयो । ४९ लाख ५० हजार २ सय ९९ रुपैयाँ त्यहाँ वहाँ आफैले देखाउनु भयो । वहाँले जम्मा ५० लाख मात्रै पठाएको भन्नु भयो । वहाँले यति भन्नु भयो कि यो २००७ मा विदेश गएकै होइन भन्नु भयो । त्यो सबै प्रमाण मसँग सुरक्षित छ । पासपोर्ट, भिसा, परिचय पत्र डुप्लिकेट बन्छ त ?
वहाँले मलाई १५ लाख रुपैयाँ दिने प्रस्ताव गर्नु भयो । मैले मेरो ज्यान बाजी मारेर परिवारका लागि भनेर काम गरे । मैले रगत पसिना बगाएर परिवारको खुसीका लागि भनेर कमाएको पैसा हो । तर मैले रगत पसिना बगाएर कमाएको पैसा त परिवार नै नहुने भए पछि त चाहियो नि ।
मैले वहाँको पहिलाको पैसा केही चाहिँदैन भनेको छु । यो भन्नुको अर्थ वहाँको पहिलो श्रीमान् हुनुहुन्थ्यो । वहाँको श्रीमान् भारतीय आर्मीमा छदै देहान्त हुनु भएको थियो । पहिलो श्रीमानबाट एक जना छोरा र छोरी छन् । मैले आफ्नै छोरा छोरी ठानेर खर्च गरेको छु । त्यो पनि मलाई चाहिँदैन । खर्च भएको होस । तर वहाँलाई तेजबहादुर भण्डारी चाहिँदैन भने मलाई पनि तारामाया राई चाहिँदैन तर मैले कमाएको पसिना त सम्पत्ति छ चाहिन्छ नि । मैले कमाएकोमा ती छोरा छोरीमा गरेको खर्च मात्रै होइन बाँकी रहेको सम्पत्ति पनि ३ भाग लगाऔँ भनेको छु । हामी दुवै जनाको एउटा छोरी छिन् । हाम्री छोरीलाई एक भाग, अनि हामी दुबैजनालाई एक÷एक गरेर ३ भाग लगाऔँ । छोरी नाबालक छिन् । १७ वर्षसम्म संरक्षक बस्नु पर्छ । त्यसपछि पनि मेरो छोरीको सम्पूर्ण खर्च म आनै गर्न तयार छु । झापा शरणामतीमा जति वहाँको हक छ मेरो पनि त्यति नै हक छ । वहाँले त्यहीँ ठाउँमा बस्न पाउँदा मैले किन नपाउने ? म यहाँबाट जानै पर्छ भने पनि चन्द्र ज्योति बोर्डिङ स्कुल, त्यहाँ भएको घर लगायतका सबै सम्पत्ति भाग लगाऔँ र तीन भागको एक भाग लिएर जान्छु भने । तर मलाई १५ लाख लिएर जा भनिएको छ । म कसरी मान्न सक्छु । अहिले पनि फोन आउने क्रम जारी नै छ २० लाखमा मिल्ने हो भनिन्छ । नमाने मुद्दा हराइदिन्छु भनेर धम्काउने क्रम जारी छ ।
तारामाया राईसँग मेरो नम्बर थिएन । भदौ १९गते मेरो छोरीको जन्मदिन थियो । मैले फोन गरेर प्रिया भण्डारीलाई पाउन सकिन्छ भने । वहाँले राम्रो कुरा गर्नु भयो । अहिले छैन भरे गर्नु भन्नु भयो । पछि मैले फोन गरे छोरीलाई जन्मदिनको शुभकामना दिए । छोरी तिम्रो जन्मदिन भोलि म तिम्रो बर्थ डेमा आउँ ? मसँग पैसा धेरै छैन त्यहीँ पनि तिमीले बाबा आउनु भन्यौ भने म खोजेर आउँछु भने । तर मेरो छोरीले बाबा तपाई नआउनु फोन पनि नगर्नु भनिन् । म साह्रै दुखद भए । हिजो सधैँ मसँगै सुत्ने छोरीले यसो भन्लिन् भन्ने मैले सोच्नै सक्ने कुरा थिएन । पछि मेरो छोरीको फोटो एक जना नेपाली सेनामा कार्यरत मान्छेको फेसबुक प्रोफाइलमा रहेछ । त्यो मैले थाहा पाए पछि वहाँलाई सम्पर्क गरेर किन मेरो छोरीको फोटो राख्नु भएको हो ? के नाता पर्नुहुन्छ मैले त तपाईँलाई चिनिन त भने ।
वहाँले सुरुमा त्यो आइडी कसैले चलाउनु हुन्छ भन्नु भयो । त्यसपछि फेरी वहाँले फोन गरेर मेरै हो भन्नु भयो । म चाहिँ आफैले जन्मदिएको छोरीलाई भेट्न पनि नपाउने अरुले चाहिँ फोटो फेसबुकमा राखेर हिँडेको देख्दा मलाई दुःख लाग्यो । त्यो फोटो हटाउनुस् नत्र म साइबर क्राइममा मुद्दा हाल्छु भने । पछि त्यो कुरा झापा पुगेछ । झापाको सई सापले मलाई फोन गर्नु भयो तपाइृले एक जना लामिछाने भाइको जागिर धरापमा पार्दै हुनुहुन्छ भनेर । वहाँले बोलाउनु भयो । म गइन् । मैले टेकुमा गएर प्रहरीको अपराध महाशाखामा उजुरी गरे । त्यहाँबाट त्यति कारबाही भएन । पछि त्यो आइडी नै ब्लक गरिएछ । यहाँ मैले दुःख पाएको कुरा मैले आफ्नै कारण पनि पाएको हुँ । गल्ती मान्छेबाटै हुन्छ । त्यो मबाट भयो । अहिले म पछुताइरहेको छ । मैले मेरी जेठी श्रीमती हुँदा हुँदै विवाह गरेको हो । तर वहाँ पनि एकल महिला हुनुहुन्थ्यो । म प्रेममा फसेर एउटा एकल महिलालाई सहर दिनु पर्छ भन्ने लाग्यो र विवाह गरे । त्यसपछि पैसा पनि राम्रो कमाए । पैसा कमाएकै कारण अहिले यस्तो भएको हो । बोरूँ पैसा नकमाएको वा म युद्ध क्षेत्रमा केही भएको भए त यस्तो हुने थिएन । अहिले मुद्दा जिल्ला अदालतमा छ । मलाई आशा छ म अन्यायमा परेको मान्छेले न्याय पाउँछु ।
यहाँ महिला अधिकारका धेरै कुराहरू हुन्छ । म मेरो भोगाई बाट के भन्न चाहन्छु भने महिला मात्रै होइन अन्यायमा पुरुष पनि परेका छन् । तर अधिकांश पुरुष सहेर बस्छन् । आफ्नो परिवार र सन्तानका लागि भनेर अन्याय सहन्छन् । कुरा बाहिर आउँदा आफ्नो परिवार र सन्तानको चिन्ता छोरा मान्छेलाई हुन्छ । यसर्थ म पुनः छोरा मान्छेलाई पनि अधिकार चाहिन्छ । महिला अधिकारको कुरामा मात्रै गरेर पनि भएन भन्न चाहन्छु । मैले बोलेका सबै कुराहरू प्रमाण मसँग छन् ।
केटिएम दैनिकको सिस्टर पव्लिकेशन www.emechi.com को अर्काइभबाट । अझै पनि पीडीत तेजबहादुर भण्डारी मुद्दा लडिरहेकै छन् ।