वितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५३८ जनामा सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ७५ सङ्क्रमित पुष्टि हुँदा काठमाडौं उपत्यकाका तीन जिल्लामा १ हजार ५३८ जनामा सङ्क्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा संगीता मिश्राका अनुसार आज काठमाडौंमा १ हजार १६८ भक्तपुरमा १३४ र ललितपुरमा २३६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
आज देशभर गरिएका पिसिआर परीक्षणमध्ये २७ दशमलव १ प्रतिशतमा पोजेटिभ देखिएको हो । यो पोजेटिभ भेटिने दर निको उच्च रहेको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।