चीनको खेलकुद प्रशासन निकायले राष्ट्रिय र युवा टोलीमा ट्याटु लगाएका नयाँ खेलाडी भर्ना गर्न “कडा प्रतिबन्ध” लगाएको छ।
प्रशासनले यो कदमले “समाजको लागि राम्रो उदाहरण” प्रस्तुत गर्न मद्दत गर्ने बताएको छ। चर्चित फुटबल खेलाडी Zhang Linpeng लाई यसअघि नै ट्याटु छोप्न भनिएपछी विवाद शुरु भएको थियो। त्यसपश्चात चीन ट्याटुमाथि प्रतिबन्ध लगाउन झन कडा कदमहरू चालेको छ।
चीनले स्क्रिनमा समेत ट्याटुहरू देखाउन रोक्नको लागि नियमन गर्दै आएको छ। केही व्यवसायिक फुटबलरहरूले आफ्नो शरीरको ट्याटु लामो बाहुलाले छोप्दै आएका छन्।
हालसालै एक विज्ञप्ति जारी गर्दै खेलकुदको सामान्य प्रशासन (GAS) ले ट्याटु भएका राष्ट्रिय खेलाडीहरूलाई ट्याटु हटाउन निर्देशन दिएको छ।
चिनियाँ संस्कृतिमा ट्याटूलाई कलंकसित जोडिएको छ। विगतमा अपराधीहरूले ट्याटुलाई आफ्नो ब्रान्डको रूपमा प्रयोग गर्थे । ट्याटुलाई अझै पनि पूर्वी एशियामा संगठित अपराध समूहहरूले समुहको चिनारीको रूपमा प्रयोग गर्ने गर्दछ। तर जनजाती समूहहरूबीच ट्याटू असभ्यताको चिन्हको रूपमा हेरिन्छ।
चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले अस्वीकृत गरेपनि चिनिया चिनियाँहरुमाझ ट्याटुको लोकप्रियता बढ्दो छ।
चीनको प्रसारण नियामकले पनि ट्याटुलाई “अस्वस्थ सामग्री” को सुचीमा राखेको छ।खेलाडी र सेलिब्रेटीहरूलाई टेलिभिजन र इन्टरनेट ट्याटू देखाउन प्रतिबन्धित गरिएको छ ।