बंगलादेशले आफ्नो ५० औं विजयोत्सव मनाइरहँदा बंगलादेश समुदायका सदस्यहरुले अमेरिकाको वाशिङ्टन डीसीमा रहको व्यक्तिहरुले ह्वाइट हाउस अगाडि विरोध पदर्शन गरेका छन्। उनीहरुले सन् १९७१ मा बंगलादेशमा पाकिस्तानले गरेको नरसंहारलाई मान्यता दिनुपर्ने माग गदै अमेरिकासँग माग गरेका हुन्।
बंगलादेशीहरुले सन् १९७१ मा पाकिस्तानी सेनाले बंगलादेशमाथि नरसंहार मच्चाएकोरुपमा पहिचान गर्न आग्रह गरेका हुन्। अमेरिकास्थित मानवअधिकार कंग्रेसको नेतृत्वमा बंगलादेशका अल्पसंख्यकमाथि पाकिस्तानले गरेको नरसंहारलाई मान्यता दिएर पाकिस्तानलाई दण्डित गर्न माग गरिएको छ।
तर, पाकिस्तानी सेनाले बंगलादेशका सर्वसाधारणमाथि गरेको जघन्य र क्रुर हत्या, बलात्कारजस्ता घटनालाई पहिचान नगरेको प्रदर्शनकारीहरुले जनाएका छन्।प्रदर्शनकारीहरूले प्लेकार्ड र ब्यानरसहित प्रदर्शन गरेका हुन्। एउटा ब्यानरमा लेखिएको थियो – “५० वर्ष : बंगलादेशमा नरसंहार। पाकिस्तानले अब जिम्मेवारी स्वीकार्नुपर्दछ। अमेरिकाले बंगलादेशमा पनि नरसंहारलाई मान्यता दिनु पर्दछ।”
सन् १९७१ को बंगलादेश हिन्दु नरसंहार हो। उक्त नरसंहारमा हजारौं महिलाहरुलाई सामूहिक बलात्कार गरेर हत्या गरिएको छ। यस्तो जघन्य अपराधमा संलग्न पाकिस्तानलाई कारबाही गर्नुपर्ने बताइएको छ।