कोरोनाको नयाँ भेरिअन्ट ओमिक्रोनको सङ्क्रमण बढेपछि उत्तर प्रदेशमा रातको समयमा कर्फ्यु घोषणा गरिएको छ । शुक्रवारदेखि राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाइएको हो । यसको अतिरिक्त उत्तर प्रदेशमा थप प्रतिबन्धहरू घोषणा गरिएका छन् ।
जसअनुसार विवाह र सामाजिक कार्यमा २०० जनालाई मात्र सहभागी हुन अनुमति दिइएको छ । सामाजिक जमघटमा कोभिडसम्बन्धी सम्पूर्ण मापदण्ड पालना गर्नुपर्नेछ ।
यसअघि बिहीबार मध्य प्रदेशमा रात्रिकालीन कर्फ्यु लगाइएको थियो । कोभिडको कारण जनाउँदै राति ११ बजेदेखि बिहान ५ बजेसम्मका लागि कर्फ्यु लगाइएको मध्ये प्रदेशका मुख्यमन्त्री शिवराज चौहानले बताए । मध्य प्रदेशमा अहिलेसम्म ओमिक्रोनका बिरामी भेटिएका छैनन् ।
भारतमा अहिलेसम्म २३६ जनामा ओमिक्रोन भेरिअन्ट देखिएका छन् ।