प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचिव तथा प्रचार–प्रसार विभाग प्रमुख योगेशकुमार भट्टराईले नेकपा एमालले आसन्न १० औं महाधिवेशनको लागि कतैपनि पोष्टर नटाँस्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा भट्टराईले महाधिवेशन लगतै एमाले भिन्नै गतिको साथ अघि बढ्ने र निर्वाचनपछि एमाले पुनः सरकारमा कमव्याक हुने समेत बताए ।
अर्को वर्ष मंसिरमा हुने आम निर्वाचन प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एमालेले बहुमत ल्याउने उनले दाबी गरे । त्यस्तै उनले आगामी महाधिवेशनमा सर्वसम्मत् रुपमा नेतृत्व चयन गरिनेपनि विश्वास दिए ।
सहमतिमार्फत् नेतृत्व चयन हुने भन्दै उहाले सहमति नभए हरेक व्यक्तिले आफूले चाहेको पदमा उठ्न पाउने धारणा राखे । भट्टराईले आगामी महाधिवेशनले पार्टीभित्र रहेका सबैखाले तिक्तता कम गर्ने दाबी गरे । उनले ५ लाखभन्दा बढी जनसमूदायको उपस्थितिमा महाधिवेशन गरिने धारणा पनि राखे ।
उनले एमाले सरकारबाट प्रतिपक्षमा पुगेको अवस्था र माधव नेपालले पार्टी विभाजन गरेको अवस्थालाई भने पार्टीको चुनौतीको रुपमा लिए ।