परराष्ट्रमन्त्री डा. नारायण खड्का र चीनका विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता भएको छ। परराष्ट्र मन्त्रालयले जनाएअनुसार उनीहरुबीच १ घन्टा टेलिफोनमा कुराकानी भएको हो।
कुराकानीका क्रममा परराष्ट्रमन्त्री खड्काले नेपाल चीनप्रति प्रतिवद्ध रहेको बताएका थिए। मन्त्री खड्काले नेपालको आर्थिक विकासमा चीनले गरेको सहयोग प्रशंसनीय भएको बताएका थिए।
यस्तै, चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाललाई अनुदानस्वरुप थप २० लाख डोज कोरोना खोप दिने घोषणा गरे। मन्त्री द्वयबीच कोरोना खोप, आर्थिक सहायता,सीमा व्यवस्थापनबारे छलफल भएको थियो। तातोपानी र रसुवागढी नाकाबाट कन्टेनर सूचारु गर्ने विषयमा पनि उनीहरुबीच छलफल भएको थियो। मन्त्री खड्काले कोरोनाविरुद्ध लड्न खोपलगायत अन्य स्वास्थ्य उपकरण सहयोग गरेकोप्रति चीन सरकारलाई धन्यवाद दिए।
विदेशमन्त्री वाङ यीले डा.खड्कालाई चीन भ्रमणको निम्तो समेत गरेका छन्।