नेपालमा बितेको २४ घण्टामा १२ जनाले कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न जिल्लामा ९ हजार ९१६ जनाको नमूना परीक्षण गर्दा १ हजार ९६ जनामा सङ्क्रमण देखिएको छ ।
अहिलेसम्म पिसिआर विधिबाट ८ लाख ६ हजार ५१७ र एण्टिजेन बिधिबाट ९३ हजार ५६९ जनामा सङ्क्रमण हुँदा ७ लाख ८३ हजार ३९७ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ४ जना सङ्क्रमणमुक्त भएका हुन् ।
अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ३०५ पुगेको छ ।
मङ्लबार अपरान्हसम्म देशभर ११ हजार ८१५ सक्रिय सङ्क्रमित रहेका छन् ।