हात्ती छेक्न प्रवाह गरिएको करेन्ट लागेर झापाको भद्रपुरकी एक महिलाको मृत्यु भएको छ । हात्ती धपाउन राखेको तारमा छुँदा भद्रपुरकी एक महिलाको मृत्यु भएको हो ।
सोमबार बिहान ८ बजे भद्रपुर नगरपालिका–१० केन्द्र मोडकी ५४ वर्षीया कल्पना राईको करेन्ट लागेर मृत्यु भएको हो ।
आफ्नै घरबाहिर हात्ती धपाउन राखेको तारमा अचानक छुँदा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए ।