नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ९ जनाको निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार देशका विभिन्न जिल्लामा ९ हजार ६९७ जनाको नमूना परीक्षण गर्दा ५९१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
आज ९३७ जना सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अहिलेसम्म कूल सङ्क्रमितमध्ये ९७ दशमलव १२ प्रतिशत अर्थात ७ लाख ८२ हजार ३९३ जना सङ्क्रमण मुक्त भैसकेका छन् ।
अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार ८७४ रहेको छ तीमध्ये गम्भिर अवस्थाका २८० जनाको आइसीयू र ९९ जनाको भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ ।