दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री हुन् रश्मिका मन्डान्ना । दक्षिणमा सबैभन्दा व्यस्त अभिनेत्रीका रुपमा उनी परिचीत छिन् ।
उनको बलिउड एन्ट्रीसँगै रश्मिकाले छोटो समयमा नै आफ्नो स्टारडम बनाउन सफल भएकी छन् ।
रश्मिकाले सामन्था, विजय देवरकोन्डा र यशलाई पछाडि पारेर फोर्ब्स इन्डियाको सर्वाधिक प्रभावशाली कलाकारको सूचीमा शीर्ष स्थानमा उक्लिएकी छन् ।
आफ्नो मिडिया पेजमा तीब्र रुपमा उनको फ्लोअर्सको वृद्धि भएको छ । रश्मिकाको इन्स्टाग्राममा मात्रै २२.६ मिलियन फलोअर्स रहेका छन् ।
विजय देवरकोन्डा उक्त सुचीको दोस्रो स्थानमा रहेका छन् । तेस्रो स्थानमा यश, चौथो स्थानमा सामान्था र पाँचौँ स्थानमा अल्लु अर्जुन रहेका छन् ।