फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् ।
उनले कैटरिना कैफ, आलिया भट्ट, दीपिका पादुकोण, रश्मिका मन्दाना र पूजा हेगडेजस्ता अभिनेत्रीलाई पछि पार्दै आफूलाई लोकप्रिय अभिनेत्रीको पहिलो सूचीमा पारेकी हुन् ।
ओरमेक्स स्टार इन्डिया लभ्सले सन् २०२२ को मे महिनासम्म गरेको अध्ययनमा समान्था भारतको लोकप्रिय अभिनेत्री बनेकी हुन् ।
समान्थापछि आलिया भट्ट, नयनतारा, दीपिका पादुकोण, काजल अग्रवाल, कीर्ति सुरेश, कैटरिना कैफ, रश्मिका मन्दाना, पूजा हेगडे र अनुष्का शेट्टी क्रमशः दोस्रो, तेस्रो, चौथो, पाँचौँ, छैटौँ, सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा छन् ।
यो सर्वेको जानकारी भाइरल भयानीले इन्स्टाग्राममा राखेको हो । समान्थाले केही समयअघि नागा चैतन्यसँग सम्बन्ध विच्छेद गरेकी थिइन् ।