साउथ इन्डियन सुपरस्टार जाेडी नागा चैतन्य र सामन्था अक्किनेनीले आफुहरुको डिभोर्सको खबर झुटो भएको दाबी गरेका छन् ।
पछिल्लाे केही समयदेखि भारतीय भारतीय सञ्चार माध्यममा उनीहरूकाे डिभाेर्सकाे खबर फैलिरहेकाे थियाे । मिडियामा ३ महिनाभित्र उनीहरुबीच डिभोर्स हुने र सामन्थार्लाइ अलग भएपछि गुजारा भत्ता स्वरुप ५० करोड मिल्ने उल्लेख थियाे ।
उक्त खबर झुटाे भएकाे दाबी गर्दै सामन्थाले यस्ता खबर कसरी फैलिएकाे थाहा नभएकाे बताइन् । उनले सामाजिक सञ्जालमा जवाफ दिँदै भनेकि छिन्, ‘यस्ता किसिमका सयौं गलत खबर कहाँबाट उडिरहेको छ मलाई केही पनि थाहा छैन । म मुम्बई सिफ्ट हुन लागेको खबर गलत हो । हैदराबाद मेरो घर हो र म यही नै रहनेछु । हैदराबादले मलाई सबै कुरा दिएको छ । यसैले, यहाँ म खुशीले बस्न सक्छु ।’
केही समय अगाडि पत्नी सामन्थासँग डिभोर्सको बिषयमा नागा चैतन्यले जवाफ दिँदै यस्ता खालका खबरले असर पर्ने उल्लेख गरेका थिए । उनले, आफूले करिअरको सुरुवातदेखि नै व्यक्तिगत र व्यवसायिक जीवनलाई फरक तरिकाले हेरेको भन्दै यी सबै कुरालाई निरन्तरता दिने बताएका छन् ।
नागा र सामन्थाले सन् २०१७ मा गोवामा बिहे गरेका थिए । उनीहरुको बिहेमा १० करोड खर्च भएको थियो ।