चीनले स्थल र जल दुबैतर्फको सीमा क्षेत्रमा बढ्दो गम्भीर चुनौतीहरुको सामना गरिरहेको छ। चिनियाँ सैन्य अनुसन्धानकर्ताका अनुसार चीनलाई सबैतिरबाट चुनौती सिर्जना गरिएको छ र विशेषगरी तत्कालीनरुपमा आफ्नो सीमा रक्षाका लागि सुरक्षा कडाइ गर्नुपर्ने बताएका छन्।
पीएलए नेशनल डिफेन्स युनिर्भसिटीका अवकाशप्राप्त प्रोफेसर ओउयाङ वेइले अमेरिकाले साउथ चाइना सीमा र ताइवान स्ट्रेटमा सेनाको संख्या बढाएको र भारत, अफगानिस्तान, म्यानमार र उत्तर कोरियाले स्थल सीमा क्षेत्रमा आफ्नो सेनाको संख्या बढाएको बताएका छन्।
बेइजिङस्थित थिंक ट्यांकले सार्वजनिक गरेको एक प्रतिवेदनका अनुसार सीमा क्षेत्रमा मुलुकले अतिक्रमण, घुसपैठ र आतंकवादको सामना गर्नुपर्ने उल्लेख गरिएको छ। चीनले सीमा क्षेत्रमा आतंकवाद र पृथकतावादविरुद्ध लडेर राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई सुरक्षित गर्नका लागि निकै ठूलो संघर्ष गर्नुपर्ने बताइएको छ।
उनले उक्त समस्यालाई सम्बोधन गर्नका लागि चीनले कोस्ट, हवाई रक्षा र जल क्षेत्र र स्थल सीमा क्षेत्रमा सैन्य उपस्थिति बढाउनुपर्ने र रक्षा उपकरणका वृद्धि गर्नुपर्ने सुझाएका छन्।
उत्तर कोरियाको मिसाइल परीक्षण, फेब्रुअरीमा म्यानमारमा भएको सैन्य कूपछि बढेको आन्दोलन र प्रदर्शनहरु र अफगानिस्तनमा तालिबान कब्जापछि चीनमा सुरक्षा चुनौतीहरु बढेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ।