साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँ कायम भएकोमा आज १०० रुपैयाँले घटेर ८८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, तेजाबी सुनमा प्रतितोला ८८ हजार चार सय ५० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य १ हजार १५५ रुपैयाँ कायम भएको छ । हिजो मंगलबार पनि सोही मूल्य कायम भएको थियो ।