प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । ९५८ जनाको पीसीआर परीक्षण गर्दा २११ र ६०४ जनाको एन्टिजेन परीक्षण गर्दा ११३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७३, सुनसरीमा ६६, मोरङमा ५८, इलाममा ८, धनकुटामा २, ओखलढुङ्गा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको हो ।
झापाको कनकाईमा १४, बिर्तामोडमा १२, भद्रपुरमा ११, दमकमा ९, मेचीनगरमा ८, शिवसताक्षी र बुद्धशान्तिमा ५–५, अर्जुनधारामा ३, कमल गाउँपालिका र झापा गाउँपालिकामा २–२, गौरादह र हल्दिबारीमा १–१ जनामा सङ्क्रमण पाइएको छ ।
त्यस्तै सुनसरीको इटहरीमा ४०, धरानमा १६, इनरुवा र रामधुनीमा ३–३, बराहक्षेत्र, हरिनगर, दुहवी र गढीमा १–१, मोरङको विराटनगरमा ४२, सुन्दरहरैचामा ७, बेलबारीमा ४, उर्लाबारीमा २, रंगेली, लेटाङ र बुढीगंगामा १–१ जनामा सङ्क्रमण देखिएको छ ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार इलामको सुर्योदयमा ४, इलाम नगरपालिकामा २, मांसेबुङ र चुलाचुलीमा १–१, धनकुटाको महालक्ष्मी र पाख्रिबासमा १–१, ओखलढुङ्गाको सुनकोशी र उदयपुरको त्रियुगामा १–१ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको छ ।
प्रदेश १ मा आज २५६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १२९ महिला र १२७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।