झापामा मृत भेटिएकी एक भारतीय महिलाको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।
भारतीय नागरिक भए पनि माइती घर नेपाल भएकी ति महिलाको हत्यामा संलग्न भएको आरोपमा मृतकको भान्जा भारत विहारका ऐतवार सोरेन, मृतकको सौताको भाई झापा गाउँपालिका १ बस्ने वर्ष ३७ को लखन टुडु सतारलाई पक्राउ गरेको छ ।
यस्तै, घटना लुकाउन सहयोग गर्ने सोही ठाउँका ५६ वर्षीय सिरी साईला भन्ने सोमाई हेमरम सतार र २७ वर्षीय श्री हेमरम सतारलाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ ।
उनीहरुले महिलालाई धारिलो हतियार प्रयोग गरि शरिरलाई टुक्रा–टुक्रा बनाएका थिए ।
मृतक महिलाको श्रीमान वितेको १५ दिनपछि हत्या भएको प्रहरीको भनाई छ । छोराछोरी नभएकोमा हेपिएकी महिलासँग देवर र सौताको घरायसी विवाद रहेको प्रहरीको भनाई छ । उनलाई परिवारभित्रै बोक्सीको आरोप लगाउने गरिएको खुलेको छ ।