आज देशका विभिन्न जिल्लामा गरिएका परीक्षणमध्ये ५६ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा १३ हजार ६२२ जनाको नमूना परीक्षण गरेको १ हजार ३३० जनामा सङ्क्रमण देखिएको विवरण सार्वजनिक गरेको छ ।
आज काठमाडौं र कास्की जिल्लाबाहेक कुनैपनि जिल्लामा ३ अङ्कको सङ्क्रमण पाइएको छ । काठमाडौंमा २६१ जनामा सङ्क्रमण देखिँदा कास्कीका १०६ जनामा सङ्क्रमण देखिएको छ ।
त्यस्तै आज ११ जिल्लामा दोहोरो अंकमा सङ्क्रण देखिएको छ । आज झापामा ५१ जना मोरङमा ९६ जना सुनसरीमा ७१ जना काभ्रेमा ११ जना चितवनमा ६८ जना भक्तपुरमा ४३ जना मकवानपुरमा २० जना ललितपुरमा ९८ जना नवलपरासी पूर्वमा १३ जना रुपन्देहीमा ३९ जना र कैलालीमा १४ जनामा सङ्क्रमण देखिएको हो ।
बाँकी ४३ जिल्लामा भने एक अंक (९ जना वा सो भन्दा कम) मा सङ्क्रमण देखिएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।