असोज महिनाको पहिलो दिन आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा घटेको छ । हिजोको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैँयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ८९ हजार १०० निर्धारण भएको छ भने तेजावी सुनको मूल्य तोलाको ८८ हजार ६५० कायम भएको छ ।
हिजो छापावाल सुनको मूल्य तोलाको ९० हजार ५०० निर्धारण भएको थियो भने तेजावी सुनको मूल्य ९० हजार कायम भएको थियो ।
विगत केही दिनदेखि स्थिर रहेको चाँदीको मूल्य पनि आज घटेको छ । आज चाँदीको मूल्य तोलाको १ हजार १७० कायम भएको महासंघले जनाएको छ ।