सरकारले प्रतिस्थापन विधेयकमार्फत चालु आर्थिक वर्षका लागि रु १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकका सम्बन्धमा सङ्घीय संसद्मा वक्तव्य दिँदै चालु आवका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न उक्त बजेट ल्याइएको जानकारी गराए।
७७ बुँदे विधेयक प्रस्तुत गरेका अर्थमन्त्रीले ६१ नम्बर बुँदामा अनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन उपलव्ध गराउने व्यवस्था मिलाएको बताएका छन् ।
अहिले पत्रपत्रिकाहरूले लोक कल्याणकारी विज्ञापन पाउँदै आइरहेका छन् । पछिल्लो समय नेपालमा अनलाइन मिडियाको संख्या बढेसँगै यिनिहरूले पनि सरकारबाट पाउने लोक कल्याणकारी विज्ञापन पाउनुपर्छ भन्दै धेरै अगाडीदेखि आवाज उठिरहेको छ ।
नेपालमा अहिले लगभग ३ हजारको हाराहारीमा अनलाइन सञ्चारमाध्यमहरू सूचिकरण भएर संचालनमा आइरहेका छन् ।