साताको पाचौँ दिन आज बिहीबार सुनचाँदीको मूल्य अघिल्लो दिनको तुलनामा सामान्य रुपमा घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि छापावाल सुनको मूल्य तोलाको ९० हजार ६०० निर्धारण गरिएको छ । बुधबारको तुलनामा यो मूल्य तोलाको १०० रुपैँयाले कम हो ।
त्यस्तै तेजावी सुनको मूल्य आज तोलाको ९० हजार १०० निर्धारण भएको छ । हिजो तेजावी सुनको मूल्य ९० हजार २०० कायम भएको थियो ।
सुनको मूल्य सामान्य रुपमा घट्दा चाँदीको मूल्य पनि केही मात्रामा घटेको छ । महासंघका अनुसार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैँया घटेर आज तोलाको १ हजार २१० कायम भएको छ ।