नेपाली बजारमा आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ७ सय रुपैयाँले घटेको छ।
बुधबार सुन तोलामा ७ सयले घटेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। मंगलबार सुनको मूल्य ९१ हजार ४ सय रुपैयाँ थियो ।
तेजावी सुनको मूल्य ९० हजार २ सय रुपैयाँ कायम गरिएको छ। आइतबार तेजावी सुन ९० हजार ९ सयमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्यमा पनि आज सामान्य गिरावट आएको छ । आज चाँदी तोलाको एक हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।