नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा जनार्दन बराल निर्वाचिन भएका छन् ।
काठमाडौंमा शुक्रबार आयोजित सेजनको २२औं साधारणसभा तथा महाधिवेशनले बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो ।
शुक्रबार भएको निर्वाचनमा बरालले ११४ मत प्राप्त गरे भने प्रत्यासी आशीष ज्ञवालीले ८० र अर्का प्रत्यासी शिरोमणी ढुंगानाले ४८ मत प्राप्त गरे ।
त्यसैगरी उपाध्यक्षमा सुजन ओली १२८ मत ल्याएर विजयी भए । उनका प्रत्यासी कृष्ण रिजालले १०५ मत ल्याएका थिए ।
महासचिवमा २ जनाको उम्मेदवारी परेकोमा भागवत भट्टराई १४० मत ल्याएर बिजयी भए भने उनका प्रतिद्वन्दि विनय बञ्जराले १०० मत ल्याए ।
सचिवमा हिमाल पौडेल कोषाध्यक्षमा लक्ष्मीकुमारी सापकोटा निर्वाचित भए ।
सदस्यहरुमा सोभित थपलिया, अच्युत पुरी, इशारा कोइराला, अमर बडुवाल र सिबी अधिकारी विजयी भएका छन् ।