केयर गिभरका लागि इजरायल जान चाहनेहरुको लिखित परिक्षा यही भदौ २८ गते हुने भएको छ । वैदेशिक रोजगार विभागले तोकिएका परिक्षा केन्द्रहरुमा यही महिनाको अन्त्यमा लिखित परिक्षा हुने बताएको हो ।
इजरायलले एक हजार जना नेपालीलाई केयर गिभरका रुपमा लान लागेको छ । जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष जान पाउनेछन् । उनीहरुले इजरायलमा मासिक डेढ लाख रुपैयाँभन्दा बढी तलब पाउने छन् ।
इजरायल जान इच्छुकले दिएको आवेदन स्वीकृत भएका आवेदकलाई अनलाइनमार्फत जानकारी दिइने विभागले जनाएको छ । सोही, जानकारीका आधारमा परीक्षार्थी अंग्रेजीको परिक्षा दिन उपस्थित हुनुपर्ने छ ।