नेपाली बजारमा साताको दोस्रो दिन आज (सोमबार) सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा २०० रुपैँयाले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाल सुन ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुन ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो दिन तेजावी सुन ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य बढ्दा चाँदीको मूल्य पनि केही मात्राले बढेको छ । हिजोको तुलनामा आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ११ हजार ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।