साताको पहिलो दिन सुनचाँदीको भाउ ओरालो लागेको छ ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै आज आइतबार स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सयले ओरालो लागेर ९० हजार ९०० मा कारोबार भेरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य आज तोलाको ९० हजार ४ सय निर्धारण भएको छ ।
अघिल्लो दिन अर्थात शुक्रबार छापावाल सुनको मूल्य ९१ हजार २०० र तेजवाी सुनको मूल्य ९० हजार ७०० कायम भएको थियो ।
सुनको मूल्य घट्दा चाँदीको मूल्य पनि ओरालो लागेको छ । आझ चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर ११ सय ८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।