केही दिनयता राजेश हमाल श्रीमती मधुसँग पोखरामा छन् ।
उनले सामाजिक सञ्जाल इष्ट्राग्राममा पोखराको एक रिसोटमा पुगेका तस्बिरहरू शेयर गरेका छन् । उनले आफ्नो बेडरूमको तस्बिर समेत सार्वजनिक गरेका छन् । हुन त हमालले विवाहपछि नगरकोटमा हनिमुन मनाउन पुगेको कोठाको तस्बिरसमेत सार्वजनिक गरेका थिए ।
अभिनेता राजेश हमाललाई बिहे नगर्दासम्म कहिले बिहे गर्ने भनेर निकै प्रश्न सोधियो । आफ्ना आफन्त, साथीभाइ तथा मिडियाबाट अभिनेता हमालले यो प्रश्नको निकै सामना गरे । तर, ५० वर्षको उमेर सेरोफेरोमा विराटनगरकी मधु भट्टराईसँग बिहे गरेपछि सबैको मुख बन्द भयो ।
बिहे कहिले गर्ने भन्ने प्रश्न त बन्द भयो । तर, आजभोलि महानायक हमाललाई तेर्सिने अर्को प्रश्न हो ‘जुनियर राजेश कहिले’ ? २०१४ मा बिहे गरेको यो दम्पतीले विभिन्न किसिमका रमाइला जवाफ दिएर तर्किने गरेका छन्।
पछिल्लो समयमा चलचित्र क्षेत्रमा नदेखिए पनि उनी टेलिभिजन वा म्युजिक भिडिओमा आइरहेका छन् । हमालले करिब १५ वर्ष नेपाली चलचित्रमा एकछत्र राज गरे । त्यसपछिका १० वर्षसम्म उनी नायकका रूपमा सक्रिय रहे । तीन वर्षदेखि चाहिँ उनी निष्क्रिय छन् ।
पछिल्लो पटक ‘सकुन्तला’ मा अभिनय गरेयता पर्दामा दर्शकले उनलाई देख्न पाएका छैनन् ।
हेरौँ तस्बिरहरू