भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल सहितका चार छिमेकी मुलुकहरूलाई सुख–दुःखको साथी भएको बताउनुभएको छ ।
शनिबार एक ट्विट गर्दै मोदीले नेपालसहित भुटान, माल्दिभ्स, मरिसस भारतको छिमेकी मुलुक मात्र नभएर आफूहरूको सोच र सामाजिक रीतिरिवाजमा पनि धेरै समानता रहेको उल्लेख गरेका छन् ।
उहाँले लेख्नुभएको छ, ‘हामी सुख–दुःखका साथी हौँ ।’
छिमेकी मुलुकहरुमा आइपर्ने आपत्–विपतमा सबैभन्दा पहिला आफूहरूले नै एकार्कोलाई मद्दत गर्ने गरेको उहाँको भनाइ छ ।