वितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ८०० भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
शुक्रबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सार्वजनिक गरेको विवरणअनुसार देशका विभिन्न जिल्लामा १४ हजार ६११ जनाको नमूना परीक्षण गर्दा भेटिएका ३ हजार ६११ सङ्क्रमितमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा भेटिएका सङ्क्रमतिको सङ्ख्या ८१९ रहेको छ ।
आज काठमाडौंमा ५५६ जना, भक्तपुरमा ७६ जना र ललितपुरमा १८७ जनामा सङ्क्रमण देखिएको छ ।
काठमाडौं उपत्यकामा मात्र सक्रिय सङ्क्रमित ८,५०० नाघेका छन्।