नेपालमा वितेको २४ घण्टामा थप ३ हजार ६११ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । शुक्रबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सार्वजनिक गरेको विवरणअनुसार देशका विभिन्न जिल्लामा १४ हजार ६११ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार ९ हजार ७८३ जनाको पिसिआर परीक्षणबाट २ हजार ४६७ जना र ८ हजार ८७८ जनाको एण्टिजेन परीक्षण गर्दा १ हजार १४४ जनामा सङ्क्रमण देखिएको हो ।
आज थप २७ जनाको कोरोना भाइरस सङ्क्रमणकै कारण ज्यान गएको छ । यो सङ्ख्यामा नेपाली सेनाले विभिन्न मितिमा व्यवस्थापन गरेको शवको सङ्ख्या समेत समावेश गरिएको छ । अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ८३४ पुगेको छ ।
नेपालमा पिसिआर परीक्षणबाट सङ्क्रमित हुनेको सङ्ख्या ६ लाख ९३ हजार १०९ र एण्टिजेन परीक्षणबाट ६० हजार ५२४ गरी कुल सङ्ख्या ७ लाख ५३ हजार ६ सय ३३ पुगेको छ । नाघेको छ भने मृतकको सङ्ख्या ९,८३४ पुगेको छ।
आज थप १ हजार ८१६ जना सङ्क्रमणमुक्त भएसँगै निको हुनेको सङ्ख्या ६ लाख ५२ हजार २६१ पुगेको मन्त्रालयले जनाएको छ ।
अहिले कुल परीक्षणको २४.६३ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ। विज्ञहरूले यसलाई उच्च दर मानेका छन्।
नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ।
मन्त्रालयको तथ्याङ्कअनुसार अहिले कुल ३१ हजार जनाभन्दा केही बढीमा सक्रिय सङ्क्रमण छ। तीमध्ये २७,८२० जना घरमा तथा ३,१९४ जना संस्थागत आइसोलेशनमा छन्।
सङ्क्रमितमध्ये अहिले ६८६ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १६१ जना भेन्टिलेटरमा छन्।