नेपालमा पछिल्लो २४ घण्टामा ३३६५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा ९ हजार ५५५ नमूनाको पिसिआर परीक्षण गर्दा २ हजार ३३५ जना र एन्टिजेन विधिबाट ४ हजार ६८७ जनाको परीक्षण गर्दा १०३० मा संक्रमण देखिएको छ।
यस्तै, आज १३७३ जनाले कोरोनालाई जितेका छन्। संक्रमणका कारण १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।