वितेको २४ घण्टामा देशका विभिन्न जिल्लामा गरिएका कोरोना परीक्षणमध्ये २० दशमलव ८९ प्रतिशतमा सङ्क्रमण पाइएको छ । आजको सङ्क्रमण दर हिजोको तुलनामा बढी हो । हिजो १७ प्रतिशतमा सङ्क्रमण पाइएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार देशभर १४ हजार ९१० जनाको नमूना परीक्षण गर्दा ३ हजार ११४ जनामा सङ्क्रमण पुष्टि भएको छ । आज १० हजार ६२५ पिसिआर परिक्षणबाट २ हजार ३०९ र ४ हजार २८५ एण्टिजेन परीक्षणबाट ८०५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यही अवधिमा २ हजार १९७ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ६ लाख ४१ हजार ५६५ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । यो कूल सङ्क्रमितको ९४ दशमलव ४८ प्रतिशत हो ।
थप १६ जनाको निधन भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ६९५ पुगेको छ ।