नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलनलाई केही होइन भन्ने नसोच्न चेतावनी दिएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै उनले माओवादी आन्दोलन विभाजित भएको छ, यसलाई मिचिदिए हुन्छ भन्ने ठानेको भए हलुका नसोच्न आग्रह गरे ।
विश्वासको मत लिने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमाथि आइतबार संसदमा भएको छलफलमा भाग लिँदै प्रचण्डले भने, ‘आगोसँग खेल्ने कुरा राम्रो होइन, कति राम्रोसँग यो आगोलाई इनर्जीमा रुपान्तरणतिर ल्याइएको छ । यसलाई हेप्न थाल्नुभयो भने आगो फेरि सल्किनसक्छ । त्यो बुद्धितिर कोही पनि नजाऔं ।’
धारा ७६ (५) लाई लिएर गोहीको आँशु चुहाउनेलाई कसैले नपत्याउँने भनेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भनेका छन् ।
अध्यक्ष प्रचण्डले भने, ‘संविधानको धारा ७६ (५) लाई लिएर गोहीको आँशु चुहाएर कसैले पत्याउँछ तपाईलाई । बारम्बार लोकतन्त्र हत्या गर्ने ? ७६ (५) के हो ? पार्टीभन्दा माथि, जनताको सार्वभौम रक्षा गर्नका लागि दिइएको अधिकार हो । ७६ (५) लेख्दा हाम्रो सम्मत थियो ।’
यसअघि अध्यक्ष प्रचण्डले आफूले आजको यो दुर्दशा देखेको भए, गठबन्धन र पार्टी एकता नगर्ने पनि बताए । उनले भने, ‘यस्तो दुर्दशा देखेको भए, गठबन्धन र पार्टी एकता गर्थे होला ? दुई दुई पटक संसद् विघन र सर्वाेच्च अदालतबाट संसद् पुनःस्थापना । यस्ता घटना त संसारमा विरलै घट्छन् ।’
प्रधानमन्त्री नियुक्तीको भाषा संविधानको मर्मविपरीत भएको पनि अध्यक्ष प्रचण्डले भने । त्यस्तै, पुनःस्थापित संसदको पहिलो बैठकमा केपीजीको मुखबाटै यसअघिका कुराहरु सुन्न चाहे पनि त्यो असम्भव भएको पनि उनले बताए ।
यसैगगरी भ्रष्टचार गर्न दिन्न, गर्दिने भन्ने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको ढाकछोप गर्ने वाक्य मात्र भएको पनि उनले बताए । शान्ति सम्झौतापछि स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रपछि बन्दापनि पटक पटक लोकतन्त्रमा प्रहार गरेको भन्दै विमति जनाए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलनलाई केही होइन भन्ने नसोच्न चेतावनी दिएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै उनले माओवादी आन्दोलन विभाजित भएको छ, यसलाई मिचिदिए हुन्छ भन्ने ठानेको भए हलुका नसोच्न आग्रह गरे ।