भारतमा इन्धनको मूल्य शनिबार पुनः बढेको छ। शनिबार संघीय राजधानी नयाँ दिल्लीमा पेट्रोल र डिजेलको खुद्रा बिक्री क्रमश: १०० रूपैँयाँ ९१ पैसा र ८९ रूपैँयाँ ८८ पैसा (भारू) प्रतिलिटर कायम भएको छ।
दिल्लीमा पेट्रोल यसअघिभन्दा ३५ पैसा र डिजेल २६ पैसाले वृद्धि भएको छ।
अन्य राज्यहरूले पनि पेट्रोल र डिजेलको मूल्य बढाएका छन्। देशभर दरहरू बढाइएको भएपनि मूल्य अभिवृद्धि करको कारण मूल्यमा फरक राज्यमा मूल्यमा पनि भिन्नता देखिएको छ।
महाराष्ट्रको राजधानी मुम्बईमा पेट्रोलको मूल्य प्रति लिटर १०६ रूपैँयाँ ९३ पैसा कायम भएको छ भने डिजेलको मूल्य प्रति लिटर ९७ रूपैँयाँ ४६ पैसा पुगेको छ।
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारले भने, “पेट्रोल र डिजेलको उच्च मूल्यमा दबिएका आम नागरिकलाई राहत दिन केन्द्रले ‘ठूलो मन’ बनाउनुपर्ने र इन्धनको करलाई घटाउनु पर्ने देखिएको छ।”