नायक पल शाहले हाम्रो टिम नेपालका सदस्यहरुलाई प्रहरीले पक्राउ गरेपछि उनीहरुको रिहाइको लागि माग गरेका छन् ।
सरकारी जग्गा कब्जा गरेको आरोपमा पक्राउ परेका १८ जना टिमका सदस्यहरुलाई सरकारले दमन गरेको पलको आरोप छ ।
उनले लेखेका छन्–‘कोरोना महामारीको बेला निशुल्क खाना खुवाउँदै आएको, अक्सिजन नभएको ठाउँमा अक्सिजनको सिलिन्डरको व्यवस्था गर्दै आएको टिम, भुकम्प, बाढी पहिरो जाँदा दिनरात नभनी देशभर सेवा गर्दै आएको ‘हाम्रो टिम नेपाल’ माथि आज सरकारले दमन गरेको छ ।
पक्राउ परेका हाम्रो टिम नेपालका सम्पूर्ण साथीहरुर्लाइ चाडो भन्दा चाडो रिहाई गरियोस् ।’