नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले बुधवार अनौठो तस्बिर सार्वजनिक गरेकी छन् । जसमा प्राय सामाजिक सञ्जालमा नदेखिने उनका छोरा पनि छन् । देउवा महाधिवेशनमा फेरी अध्यक्ष बन्ने योजनामा छन् । रु ष्ट रहेका नेताहरुलाई फकाउँदै छन् ।
महाधिवेशनको सरगर्मी सुरू हुँदै गर्दा बुधवार देउवापत्नी आरजुले अनौठो तस्बिर सार्वजनिक गरिन् । फेसबुकमा आरजुले राखेको तस्वीरमा देउवा दम्पतीका साथ छोरा जयवीरसिंह पनि छन् । छोरा सामाजिक सञ्जालमा त्यती देखिदैनन् । जयवीरसिंह देउवा दम्पतीका एक्ला सन्तान हुन् ।
उनीहरुले माला लगाएका छन् । खादा पनि देखिन्छ । यसवाट तस्वीर कुनै धार्मिक समारोहमा खिचिएको अनुमान लगाउन सकिन्छ । देउवा र उनका छोराले राधेराधे लेखिएको खादा लगाएका छन् ।
तस्वीर कहिलेको हो भन्ने आरजुले खुलाएकी छैनन् । उनले क्याप्सन यति मात्रै लेखेकी छन्, ‘जीवनको आँधीमय समुद्रमा परिवार एउटा लाइफ ज्याकेट हो ।’
कांग्रेस महाधिवेशनमा धर्म पनि एउटा महत्वपूर्ण एजेन्डा हुने गरेको छ । यस्तो अवस्थामा आरजुको यो तस्बिरले निकै अर्थ राख्छ । कांग्रेसभित्र नेपाल हिन्दू राज्यमा फर्किनुपर्छ भन्ने मत निकै बलियो छ । सोही मत आकर्षित गर्नका लागि आरजुले यो तस्वीर सार्वजनिक गरेको हुन सक्ने बुझाइ कतिपयको छ ।