मोरङमा खसी-बोका चोरी आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका-७ बस्ने २७ वर्षीय डम्मर कटुवाल रहेका छन् ।
शुक्रबार दिउँसो १ बजे सुन्दरहरैचा-३ गछियाका जीवन खड्काको बाख्राको खोरबाट अन्दाजी ३० केजीको सेतो रंगको र अन्दाजी १८ केजीको कालो पेटारे रंगको खसी चोरी भएको खबर पाएपछि खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले एक घण्टाभित्रै सुन्दरहरैँचा-८ कृष्ण पेट्रोल पम्प उत्तरतर्फको बाटोमा उक्त खसीहरू डोर्यााई लाँदै गरेको अवस्थामा फेला पारेको हो ।
खसीसहित पक्राउ परेका उनीमाथि चोरी कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।