इस्लामाबाद । विश्व प्रेस स्वतन्त्रताको सुचांकमा पाकिस्तान पछि परिरहेको एक रिपोर्टले देखाएको छ ।
अन्तराष्ट्रिय मिडिया निगरानी संस्था रिपोर्टर्स विथआउट बोर्डर (आरएसएफ)ले प्रेस स्वतनत्रताबारे गरेको सर्वेक्षणमा पाकिस्तान पछि परेको देखाएको छ । आरएसएफ ले एक सय ७९ मुलुकहरुको सर्वेक्षण गर्दा पाकिस्तान १४५ औँ स्थानमा परेको छ ।
गत बर्षको सर्वेक्षणमा १४२ औँ स्थानमा आएको पाकिस्तान यो पटक अझ पछि पर्दै १४५ औँ स्थानमा परेको हो ।
पाकिस्तानमा प्रेस तथा पत्रकारमाथि बिभिन्न धम्की, दबाब तथा आक्रमणको घटनाहरु बारम्बार हुने गर्दछ ।
पछिल्लो समय मात्रै इस्लामाबादमा बरिष्ठ पत्रकार अब्सर आलममाथि गोली हानी हत्याको प्रयास भएको थियो । यस्ता प्रवृतिहरुले पाकिस्तानमा प्रेस स्वतन्त्रता नाजुक बन्दै गइरहेको बताइएको छ ।